४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रिय हकी टिम सम्मानित

राष्ट्रिय हकी टिम सम्मानित
अ+ अ-

भीमदत्तनगर । अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको हकीको राष्ट्रिय टिमलाई मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ ।

हालै पाकिस्तानको लाहोरमा सम्पन्न हकी प्रतियोगितामा ऐतिहासिक जित निकाल्दै भारतहुँदै भीमदत्तनगर आइपुगेको टिमलाई जिल्ला खेलकूद विकास समिति, जिल्ला हकी सङ्घ र यहाँका प्रशिक्षक तथा खेलाडीले अबिरमालासहित सम्मान गरेका हुन् । राउण्ड रोविन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले अफगानिस्तानलाई ४–० गोलले पराजित गरी कास्य पदक जितेको हकी प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो ।

पुस पहिलो साता भएको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानले हात पारेको थियो । पाँच राष्ट्र सहभागी सो प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको प्रशिक्षक थापा बताउनुहुन्छ । अठार सदस्यीय हकी टिममा आठ खेलाडी भीमदत्तनगरकै रहेको कञ्चनपुरका हकी प्रशिक्षक नरबहादुर चन्दले जानकारी दिनुभयो । “यो उपलब्धी हकीका लागि ऐतिहासिक हो,” उहाँले भन्नुभयो । रासस