४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आमा समूहद्वारा भवन निर्माण

आमा समूहद्वारा भवन निर्माण
अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका–२ रघुस्थित छाब्दीबाराही आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ ।

चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट रु चार लाख ६० हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको आमा समूहका अध्यक्ष देउमाया थापाले जानकारी दिनुभयो । भवन निर्माणपछि गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित कार्यक्रमका लागि सहज भएको छ । उहाँले भन्नुभयो, “आमा समूहको बैठक अरुको घरमा बस्नुपर्ने बाध्यता थियो ।”

आमा समूहले गाउँमा हुने विवाह, ब्रतबन्ध, पूजापाठ लगायतका कार्यक्रममा नाचगान गर्दै रकम सङ्कलन गर्दै आएको छ । मगर बस्तीको रुपमा चिनिएको उक्त ठाउँका महिलाले महिला सशक्तिकरण, सीपमूलक तालीम र घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । उक्त सामुदायिक भवनको मङ्गलबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गर्नुभयो ।

विद्यार्थीलाई न्यानो कपडा

व्यास नगरपालिका–३ देउरालीनगरका बासिन्दा बाबुराम पुरीले बन्दीपुर गाउँपालिका–१ नाहाला र देवघाट गाउँपालिका–४ स्थित सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

जागौँ युवा नेपालको समन्वयमा पुरीले बन्दीपुर–१ स्थित जनता प्राविका ४७ तथा देवघाट गाउँपालिका–४ स्थित चम्कादेवी आधारभूत विद्यालयका २१ विद्यार्थीलाई स्वीटर र कापी कलम वितरण गरिएको हो । उक्त सामग्री बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो । रासस