४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अवैध मदिरा र लागुपदार्थविरुद्धको अभियानमा प्रहरी

अवैध मदिरा र लागुपदार्थविरुद्धको अभियानमा प्रहरी
अ+ अ-

बर्दिवास । आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागुपदार्थ दुव्र्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोवारी र दुव्र्यसनीको खोजसँगै महोत्तरी जिल्लामा मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

चोरी, डकैती, लुटपाट, हुलहुज्जत र बलात्कारसम्मका गम्भीर अपराधका बढीजसो घटनामा लागुपदार्थ कारोवारी र दुव्र्यसनीसँगै मदिराको लत लागेका व्यक्तिको संलग्नता रहने गरेको निष्कर्षमा पुगेको प्रहरीले जिल्लामा अवैध मदिराका भट्टी नष्ट गर्ने र दुव्र्यसनीको खोजी गर्ने अभियान नै सञ्चालन गरेको हो ।

यसक्रममा प्रहरीले गाँजाका पुराना एक कारोवारीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५७ मा १५९ किलो गाँजा र गाँजा थिच्ने फलामे मेशिन बरामद भएको घटनामा फरार जिल्लाको एकडारा गाउँपालिका–३ का महाजन दास तत्मालाई प्रहरीले पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको हो । तत्माबारे थप अनुसन्धान र अदालती कारवाही थालिएको प्रहरीले जनाएको छ ।

जिल्लामा प्रहरीले जारी पुस महीनाको दोस्रो साताभित्रै अवैध मदिराका एक दर्जनभन्दा बढी भट्टी नष्ट गरेर करीब १० हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, तयार मदिरा र मदिरा बनाउन प्रयोग गरिने ड्रम र अन्य भाडा नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले गत असोजयता बर्दिवास, गौशाला, भङ्गाहा, जलेश्वर, लोहारपट्टी र मटिहानीसहितका नगरपालिका क्षेत्रमा गरी ३० भन्दा बढी अवैध मदिरा भट्टी नष्ट गरिएको जनाएको छ ।

आपराधिक घटनामा पक्राउ परेकाको बयान, पीडितको जाहेरी र घटना प्रकृतिले बढीजसो आपराधिक घटनामा मदिरा र लागुपदार्थ दुव्र्यसनीको संलग्नता देखिएपछि यसविरुद्ध अभियान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्की बताउनुहुन्छ ।

पछिल्लोपटक प्रहरीले थालेको सघन खोज अभियानमा लागुपदार्थ दुव्र्यसनमा विद्यालय पढ्न जाने किशोर उमेरका विद्यार्थी पनि सामेल हुने गरेका पाइएको प्रहरीले जनाएको छ । अवैध मदिरा र लागुपदार्थ दुव्र्यसनविरुद्ध घरघरमै सजगता आवश्यक रहेको बताउँदै प्रउ कार्कीले आफ्ना नानीहरुको खोजीनीति, उनीहरुको सङ्गत र आनीबानी सधैँ ख्याल गर्न सबै अभिभावकसँग आग्रह गर्नुभएको छ । रासस