१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन



अ+ अ-

तेह्रथुम । लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि तेह्रथुममा जिल्लास्तरीय सञ्जाल गठन भएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि–२०७५ बमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय महिला हिंसा नियन्त्रण सञ्जाल गठन भएको हो ।

सञ्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्नेछ । सञ्जालमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र सदस्य सचिव रहेका छन् ।

यस्तै सञ्जालमा लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत सङ्घसंस्था, नागरिक समाज, सञ्चार क्षेत्र, शिक्षा क्षेत्र र मानवअधिकार क्षेत्रका प्रतिनिधि सदस्य रहेका छन् । यस्तै जिल्ला बार एशोसिएशन, उद्योगी, व्यवसायी, बालकल्याण समिति, महिला अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, बाल क्लब र सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य रहेका छन् ।

सञ्जालको मासिक कम्तीमा एक पटक बैठक बसी लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यविधिबमोजिम काम गर्ने सञ्जालका संयोजक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । रासस