४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी

यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी
अ+ अ-

रोल्पा । विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने शिक्षक तथा विद्यार्थी अहिले भने धक नमानेरै खुला बहस गर्ने गर्दछन् ।

पाठ्यक्रममा समावेश यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयवस्तु अध्यापन गराउन निकै धक लाग्थ्यो नेपाल राष्ट्रिय माविका स्वास्थ्य शिक्षक महेन्द्रराज रोकाले भन्नुभयो, “अधिकांश कक्षामा स्वास्थ्य अध्ययनका लागि त्यस्ता विषय विद्यार्थीलाई नै जिम्मा दिइन्थ्यो” शिक्षक रोकाले भन्नुभयो । “विद्यालयलाई किशोरीमैत्री बनाएसँगै त्यस्ता विषयको पठनपाठन पनि सहज भएको छ’’ रोकाले भन्नुभयो । ‘अझै पनि जति खुलेर छलफल हुनुपर्ने हो त्यसो हुन नसकेको उहाँको भनाइ छ ।

किशोरी शिक्षा सञ्चालन भएपछि यौन तथा प्रजनन स्वास्थ्यका साथै अन्य विषयमा समेत खुलेर बोल्न सक्ने क्षमता विकास भएको किशोरी समूह सहजकर्ता युवती थापाको भनाइ छ । ‘‘किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यको ज्ञान हुनुको साथै अन्य विषयमा समेत खुलेर बोल्न सक्ने क्षमता विकास भएको छ’’ थापाले भन्नुभयो ।

समाजमा हुने बालविवाह, घरेलु तथा लैङ्गिक हिंसाका घटना न्यूनीकरणमा समेत यस्ता समूहले राम्रो भूमिका खेलेका छन् सहजकर्ता थापाले भन्नुभयो । सोही विद्यालयको कक्षा ६ र ७ मा अध्ययन गर्ने छ जना विद्यार्थीले गतवर्ष बालविवाह गरेको बताउँदै किशोरी शिक्षा कार्यक्रमपछि बालविवाहको दर पनि कम भएको छ थापाले बताउनुभयो ।

स्वास्थ्य चौकीमा आउने किशोरीले आफ्ना स्वास्थ्य समस्या निर्धक्कसँग राख्न थालेको स्वास्थ्य चौकी खुमेलका अहेब विवेक बुढामगरको भनाइ छ । ‘‘विगतमा यौन तथा प्रजनन स्वास्थ्य समस्या हुने किशोरी स्वास्थ्य चौकी आउँदैनथे’’ अहेब बुढाले भन्नुभयो । अहिले दैनिक एक, दुईजना किशोरी प्रजनन स्वास्थ्यबारे जानकारी लिन स्वास्थ्य संस्थामा आउने गरेको बुढाको भनाइ छ ।

‘‘किशोरी खुलेर स्वास्थ्य समस्या राख्न थालेपछि उपचारमा समेत सहजता भएको छ’’ अहेब बुढाले भन्नुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोष९युनिसेफ०को सहयोगमा जिल्लाका विभिन्न स्थानमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका दुबिडाँडा, डुब्रिङ, खुङ्ग्री, खुमेल, रांँकोट,राँसी, कोटगाउँ र लिवाङमा किशोरी शिक्षा सञ्चालन भएको युनिसेफका रोल्पा प्रतिनिधि खगेन्द्र भट्टले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन भएका क्षेत्रका किशोरीमा यौन तथा प्रजनन स्वस्थ्य अवस्था सुधारात्मक रहेको भट्टको भनाइ छ । जिल्लामा किशोरीमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभावमा ठूलो मात्रामा बालविवाह हुने गरेको छ । बालविवाहका कारण किशोरीमा विभिन्न खालका स्वास्थ्य समस्या देखिनुका साथै घरेलु हिंसासमेत बढ्दै जान थालेको बताइन्छ ।

जिल्लामा अघिल्लो आवको सात महीनामा गरिएको गर्भवती जाँच गराउने ४७८ जना २० वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका वरिष्ठ अनमी नैना डाँगीले जानकारी दिनुभयो । सोही अवधिमा भएका गर्भपतनमध्ये २६ वटा २० वर्षमुनिका किशोरीले गरे डाँगीले भन्नुभयो ।

अस्थायी साधन प्रयोगकर्ता किशोरीको सङ्ख्या पनि वृिद्ध भइरहेको छ डाँगीले भन्नुभयो । सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने किशोरीको सङ्ख्या ५५३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रुप भयावह देखिए पनि प्रहरी समक्ष उजुरी गर्नेको सङ्ख्या भने नाम मात्रको छ । प्रहरी कार्यालयमा वर्षमा १,२ वटा मात्रै उजुरी आउने गरेको बताइन्छ । किशोरी शिक्षाले यस्ता समस्या हल गर्न सक्छ महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष तीर्था आचार्यले भन्नुभयो ।

जिल्लामा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका भएपनि त्यसले ठोस परिणाम हासिल गर्न सकेको छैन । आमा समूह, बाल क्लबहरुले पनि यस्तो अभियानमा साथ दिँदै आए पनि पछिल्लो पटक प्रयोग गरिएको किशोरी शिक्षा कार्यक्रमले बालविवाह न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य परिवर्तन गर्न सक्ने सरोकारवालाको भनाइ छ । रासस