६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई कारबाहीमा आठ तालिबान लडाकू मारिए



अ+ अ-

पुल इ अलाम । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा सोमबार तालिबान लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा आठ लडाकू मारिएका छन् ।
लोगारको आघा जिल्लामा भएको यस कारबाहीको प्रान्तीय प्रवक्ता शाहपोर अहमादजाईले पुष्टि गर्नु भएको छ । सो कारबाहीमा आठ लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएका सरकारी स्रोतले औपचारिक रुपमा घोषणा गरेको हो ।
अफगानिस्तानमा नेटोआवद्ध सेनाको सहयोगमा अफगान सुरक्षा अधिकारीहरुले तालिबान लडाकूमाथिको कारबाही बृद्धि गरेको पाइन्छ ।

तालिबान लडाकूले कब्जा गरेको कैयौ स्थान सुरक्षा अधिकारीहरुको जारी राखेका प्रयासका कारण पुनः सरकारको नियन्त्रणमा आएको छ ।

यद्यपी तालिबान लडाकूको आक्रमणमा परी ज्यान गुमाउने सुरक्षा अधिकारीको सङ्ख्या पनि हाल दिनहरु नबढेको भने होइन ।

सोमबार भएको यस हवाई कारबाहीको अफगान सरकारसँग लडाई गरिरहेका तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । रासस