६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पले क्षतिग्रस्त ५२ विद्यालय भवन निर्माण



अ+ अ-

दमौली । भूकम्पले क्षति पुगेको तनहुँ जिल्लाका ५२ विद्यालयको भवन निर्माण शुरु भएको छ । २०७२ साल वैशाख महीनामा आएको भूकम्पबाट क्षति पुगेको जिल्लाको विभिन्न ठाउँका ५२ विद्यालयको नयाँ भवन निर्माण शुरु भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० ले जिल्लाका ५२ क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि रु २३ करोड चार हजार ४९६ बजेट विनियोजन गरेको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० तनहुँका प्रमुख सूर्यप्रसाद रानाभाटले पुनःनिर्माणका लागि छनोट भएका विद्यालयलाई भवन निर्माणका लागि केही प्रतिशत रकम पेश्कीस्वरुप दिइसकिएको जानकारी दिनुभयो । उहाँले पुनःनिर्माण हुने सबै विद्यालयको ले–आउट कार्य सम्पन्न भई प्रायः विद्यालयमा जगको काम भइरहेको जानकारी दिनुभयो ।

चालू आवमा व्यास नगरपालिकाको आठ, भानु नगरपालिकाको १२, शुक्लागण्डकी नगरपालिकाको छ, भिमाद नगरपालिकाको छ, बन्दीपुर गाउँपालिकाको तीन, रिसिङ गाउँपालिकाको चार, आँबुखैरेनी गाउँपालिकाको तीन, देवघाट गाउँपालिकाको चार, घिरिङ गाउँपालिकाको पाँच र म्याग्दे गाउँपालिकाको एक विद्यालय भवन पुनःनिर्माण हुने कार्यान्वयन एकाइ तनहुँले जनाएको छ ।

चालू आवमा प्राप्त कार्यक्रमअनुसार समयमा नै पुनःनिर्माण प्रस्ताव माग गरी स्थलगत निरीक्षणपश्चात् भूकम्पको क्षति र विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय पुनःनिर्माण गर्न छनोट गरिएको आयोजनाका इञ्जिनीयर अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयको पुनःनिर्माण विद्यालय व्यवस्थापन समितिले नै गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र आयोजना कार्यान्वयन एकाइबीच सम्झौता गरिएको छ । रासस