४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लागुऔषध सहित पक्राउ

लागुऔषध सहित पक्राउ
अ+ अ-

काठमाडौं । कपनस्थित सरस्वती नगरबाट अवैध लागुऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका–६ का २६ वर्षीया अञ्जु प्रधान र काठमाडौँ नागार्जुन बस्ने रौतहट चन्द्रपुर नगरपालिका–६ का ३१ वर्षीय चेतराज शिवकोटी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट ब्राउन सुगर आठ दशमलव ७५ ग्राम, विभिन्न किसिमका मोबाइल तीन थान, लागुऔषधमा प्रयोग गर्ने मेसिन एक थान र नगद रु २५ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबारसाँझ उनीहरूलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता टोखा नगरपालिका–९ भत्केको पुल डेरा गरी बस्ने सिन्धुपाल्चोकका टेकबहादुर श्रेष्ठको सिन्धुपालचोक खाजा घरबाट मङ्गलबार साँझ विभिन्न ब्राण्डका मदिरा र नगद रु नौ हजारसमेत गरी करीब रु ६९ हजार ७८० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । रासस