१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमीकमजोरीहरु सच्याएर अघि बढ्नुपर्छ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी र सरकारलाई थप सशक्त बनाउन आग्रह गरेका छन् । स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले अब सदस्यहरुबाट व्यक्त विचार, सुझाव र आलोचनालाई आत्मसाथ गर्दै आफुहरु अगाडि बढ्ने बताएका हुन् ।

उनले छलफलबाट पार्टी र सरकारका कमीकमजोरीहरु सच्याएर अघि बढे सरकार बलियो हुने विश्वास समेत व्यक्त गरेका छन् । पार्टिका बिषयमा देखिएका समस्याको समाधानका लागी केन्द्रिय समितिले कार्यदल बनाएर हल गर्नुपर्ने बताएको नेता झलनाथ खनालले बताए छन् ।

भोली पुनः स्थायी समिति बैठक बस्ने र बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा राख्ने उनले बताए । ओलीले धारणा राखेपछि बैठकले आवश्यक निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा ४६ सदस्यले विचार राखेका थिए ।