४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रजिअलाई सङ्घ मातहत राख्नु संवैधानिक बाध्यता : मन्त्री बस्नेत

प्रजिअलाई सङ्घ मातहत राख्नु संवैधानिक बाध्यता : मन्त्री बस्नेत
अ+ अ-

सुर्खेत । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले संवैधानिक बाध्यताका कारण प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई प्रदेश मातहत राख्न नसकिने बताउनुभएको छ ।

गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रमुख जिल्ला अधिकारी सङ्घ मातहत रहेपनि प्रदेश सरकारसँग उपयुक्त ढङ्गले समन्वय गर्ने बताउनुभयो । सातवटै प्रदेश सरकारले प्रजिअलाई आफू मातहत राख्न दबाब दिइरहेका बेला पूर्व गृहमन्त्रीसमेत रहनुभएका मन्त्री बस्नेतको यस्तो धारणा आएको हो ।

‘संविधानले प्रमुख जिल्ला अधिकारीलाई अर्धन्यायिक अधिकार दिएको छ’, उहाँले भन्नुभयो, “नेपाल सरकार वादी हुने मुद्दा प्रजिअले हेर्नुपर्ने बाध्यता छ, त्यस्तो अवस्थामा प्रजिअ सङ्घ सरकारप्रति बढी नै जिम्मेवार बन्नुपर्नेहुन्छ ।” प्रजिअले जुवातास, हातहतियार तथा खरखजाना, केही सार्वजनिक अपराधसम्बन्धी मुद्दा हेर्दै आएका छन् ।

मन्त्री बस्नेतले प्रशासनिक र शान्ति सुरक्षाका सवालमा प्रजिअले प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार सङ्क्रमणकालीन व्यवस्थापनमा बढी केन्द्रीत हुनुपरेको बताउनुभयो । ‘संविधान जारी भएदेखि नै थाल्नुपर्ने काम तत्कालीन सरकारले नगर्दा अहिलेको सरकारलाई केही समय लागेको हो’, उहाँले भन्नुभयो, “अब सरकारले गति लिँदैछ, पाँच वर्षभित्र पार्टीले जनतामाझ गरेका घोषणा पूरा हुन्छन् ।” एकवर्ष नपुग्दै पाँचवर्षे सरकारको प्रारम्भिक मूल्याङ्कन गर्नु उचित हुने उहाँको भनाइ थियो ।

उहाँले सङ्घीयताको प्रारम्भिक चरणमै भइरहेका अलमललाई अन्यथा नलिन आग्रह गर्नुभयो । एक फरक प्रसङ्गमा मन्त्री बस्नेतले सुर्खेतलगायतका जिल्लामा विस्थापित जीवन बिताइरहेका बाढीपीडितको पुनःस्थापनामा सरकार गम्भीर रहेको बताउनुभयो । रासस