४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

१० जना सरकारी सेना मारिए

१० जना सरकारी सेना मारिए
अ+ अ-

दुबई । संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् ।

डिसेम्बर १८ मा यमनको होडेडालाई लक्षित गरी युद्धबिराम लागू भएयता सरकारी पक्षका सेना मारिएको खबर पहिलोपटक सार्वजनिक भएको हो ।

आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले इरान समर्थित हुथी विद्रोहीले एकसय ८३ पटक युद्धबिराम उल्लङ्घन गरेको जानकारी दिनुभयो । “दुर्भाग्य नै भन्नुपर्छ हुथी विद्रोहीको व्यवहार भडकाउ किसिमको छ र उनीहरु कसैप्रति जवाफदेही देखिएका छैनन् ।”

उहाँले तर यमन सरकारको समर्थन गरिरहेको साउदी गठबन्धनले प्रतिक्रियास्वरुप कारबाही नगरेको र युद्धबिराम भएदेखि हालसम्म कुनै हवाई हमला वा अन्य कारबाही नगरेको जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घको निकै ठूलो प्रयत्नपश्चात् भएको युद्धबिराम निकै तरल अवस्थामा छ । दुबै पक्षले एकअर्का बिरुद्ध युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

अवकाशप्राप्त डच जनरल प्याट्रिक कामार्टको नेतृत्वमा सरकारी र विद्रोही हुथीका प्रतिनिधि सम्मिलित अनुगमन समितिले युद्धबिरामको अनुगमन गर्न थालिसकेको छ ।

कामार्ट विद्रोहीको कब्जामा रहेको राजधानी सानाबाट आइतबार होडेडा पुगिसक्नुभएको छ । एडेनमा उहाँले सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

साउदी गठबन्धनले होडेडामा कामार्ट पुगिसकेकामा सन्तोष व्यक्त गरेको छ । “हामी कामार्टलाई सहयोग गर्न तत्पर छौं । हाम्रो विश्वास छ उहाँ सफल हुनुहुनेछ,” साउदी गठबन्धन आबद्ध ती अधिकारीले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, कामार्टले बुधबार नै संयुक्त समितिको बैठकको अध्यक्षता गर्नुहुनेछ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले युद्धबिरामको अनुगमनका लागि अनुगमनकर्ताहरु होडेडा पठाउने बारेमा सर्वसम्मत निर्णय गरेको थियो । राष्ट्रसङ्घीय अनुगमन टोलीले होडेडाबाट विद्रोही लडाकूहरु अन्यत्र स्थानान्तरित भएको अनुगमन गर्नेछ ।

होडेडा बन्दरगाह शहर हो, र यहाँबाट यमनका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरुको आपूर्ति हुने गर्दछ ।

साउदी गठबन्धनले सन् २०१५ देखि हवाई कारबाही थालेयता यमनमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं मानिस विस्थापित भएका छन् । साथै, यमनको गृहयुद्धका कारण डरलाग्दो मानवीय सङ्कट उत्पन्न भएको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् ।