४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भूकम्पले भत्किएका सम्पदा पुनःनिर्माण

भूकम्पले भत्किएका सम्पदा पुनःनिर्माण
अ+ अ-

काठमाडौँ । भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको छैन ।

रानीपोखरी र बालगोपालेश्वरको काम अझै शुरु हुनसकेको छैन । हालसम्म २७ प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतको कामसक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६÷७७ मा ७५ प्रतिशत सम्पदा बनाइसक्ने कार्ययोजना बनाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाउनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा भूकम्पले क्षति पु¥याएका सबै सम्पदा पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाका अनुसार कम प्रभावित १८ जिल्लाका ८४५ सम्पदामा क्षति पुगेको छ । ३२ वटै जिल्लाको गरी एक हजार ५९८ सम्पदा पुनःनिर्माण गर्नुपर्ने जनाइएको छ । यसमध्ये पूर्ण रुपमा क्षति भएका सम्पदा १३३ भएको अधिकृत बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

शुरु भएन गुम्बा पुनःनिर्माण

भूकम्पले क्षति पुगेका ८९५ गुम्बा पुनःनिर्माण गर्नुपर्नेछ । मर्मत गर्नुपर्ने गुम्बाको सङ्ख्या ४०२ छ । अहिलेसम्म कुनै पनि गुम्बाको पुनःनिर्माण नभएको जनाइएको छ । कार्यविधिमा भएको अस्पष्टताले गुम्बा पुनःनिर्माणमा ढिलाइ भएको हो ।

दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका र १०० वर्षभन्दा पुराना गुम्बा प्राधिकरणले नै बनाउनेछ । १०० वर्षभन्दा कमका गुम्बा पुनःनिर्माणका लागि प्राधिकरणले स्थानीय तहलाई ५० प्रतिशत बजेट दिने जनाएको छ । रासस