काठमाडौं । सरकारले निजामती कर्मचारी समायोजनका लागि कर्मचारी समायोजन फारम भर्न आह्वान गरेको छ । सूचना जारी गरेर देशभरका १ लाख ३८ हजार १७८ कर्मचारी मध्य संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गरिन लागेको हो ।
दिउँसो साढे २ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलन आयोजना गरेका छन् । मन्त्री पण्डितका अनुसार समायोजन फारम अनलाइनमार्फत भर्न सकिन्छ र कुन कर्मचारीलाई कहाँ खटाइएको भन्ने जानकारी पनि अनलाइनमार्फत् नै हुनेछ ।
सरकारले यसअघि नै कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । मंसिर २३ गते राजपत्रमा प्रकाशित अध्यादेशमा संघीय संसदका दुवै सदनमा बुधबारदेखि छलफल सुरु हुँदैछ ।