६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयहरुको उद्धार



अ+ अ-

कारिता, इन्डोनेसिया । सुनामी र ज्वालामुखीका कारण निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले जनाएको छ ।

तर, अविरल वर्षाका कारण खोज तथा उद्धारमा थप समस्या उत्पन्न भएको उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार वर्षाका कारण उद्धारमा प्रयोग हुने मार्गहरु जलमग्न भएका छन् भने नदीको सतह पहिलेको तुलनामा निकै बढेको छ ।

केही दिनअघिको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण ४०० भन्दा बढी मानिसको ज्यान गएको थियो । त्यसैगरी सो प्राकृतिक प्रकोपका कारण अरु कैयौँ मानिस बेपत्ता छन् ।

तर हामीले ती जोखिमपूर्ण अवस्थामा रहेका बस्तीका मानिसलाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लैजाने क्रम जारी नै राखेका छौं, अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ जसका कारण ठूलो संख्यामा मानिसहरु जोखिमपूर्ण अवस्थामा नै भौँतारिइरहनुपरेको छ– एकजना उद्धार अधिकारीले ट्वीट गरेका छन् ।

गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२९ पुगेको छ । यस प्रकोपमा एक हजार ४८५ जना घाइते हुनुका साथै १५४ जना अझै बेपत्ता रहेका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बुधबार जानकारी दिनुभएको छ ।

सो प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएको पनि उहाँले जानकारी दिनुभयो । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण बुधबार बिहानसम्म ४२९ जनाको मृत्यु भइसकेको छ ।

खोज तथा उद्धारको कार्य अझै जारी रहे तापनि निकै कठिनाईपूर्ण भएको बताइएको छ । अझै पनि एक हजार ४८५ जना घाइते हुनुका साथै १५४ जना अझै बेपत्ता रहेका मृतकको सङ्ख्या अझै बढ्न सक्ने सुटोपोले थप जानकारी दिनु भएको छ ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो । रासस