१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सुरक्षाका लागि दुई नेपाली सैनिकले बगाए रगतको खोला



अ+ अ-

काठमाडौं। भारतको कश्मिरमा खटिएका दुई नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । भारत र पाकिस्तानको कश्मिर बिबाद जारि रहेको बेला पाकिस्तान सैनिक फौजले गरेको जबाफि कारवाहीको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा ९ का ४२ वर्षका सुवेदार गमर बहादुर थापा र ३९ वर्षका रमन थापा रहेको भारतिय मिडियाले जनाएका छन् । पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

मिडियाका अनुसार सुवेदार गमरबहादुर थापा १९९३ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र २ छोरा छन् । भने सुवेदार रमन थापा १९९६ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र १ छोरा छन् । दुवै नेपालीको शवलाई गोरखपुर पठाइएको बताइएको छ ।