१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाटोकोसेरोसहित दुई पक्राउ



अ+ अ-

काठमाडौँ । संरक्षित पक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खोजी गर्दा जीउँदो लाटोकोसेरोसहित उनीहरु फेला परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका–१२ बस्ने नकुल तामाङ र सर्लाहीको साविक नारायणखोला गाविस–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोल बस्ने रङ्गबहादुर ब्लोन रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

अवैध रुपमा खरिद बिक्रीका लागि ओसारपसार गरी ल्याएको अवस्थामा सोमबार उनीहरुको साथबाट संरक्षित पंक्षी लाटोकोसेरोको समेत उद्धार गरिएको छ ।

अवैध कार्यमा संलग्न उनीहरुलाई डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिनुभयो । उनीहरु विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा अगाडि बढाइएको छ । रासस