४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डाक्टरका लापरवाहीले बच्चा र आमाको मृत्यु, आफन्तले जनाए विरोध

डाक्टरका लापरवाहीले बच्चा र आमाको मृत्यु, आफन्तले जनाए विरोध
अ+ अ-

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ । मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुग्नुभएको थियो ।

सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाही र असावधानीका कारण आमा र बच्चा दुबैको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा जम्मा भएर विरोध गरिरहेका छन् । ढुङ्गानाको मृत्यु चिकित्सकको लापरवाहीले भएको भन्दै लापरवाही गर्ने चिकित्सकलाई तत्काल कारवाही गर्नुपर्ने र क्षतिपूर्तिसहितको माग पीडितका आफन्तले राखेका छन् ।

अस्पतालले आमा र बच्चाको मृत्युपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको थियो । शङ्खरापुर अस्पतालमा मृत्यु भएपछि आफू पन्छिनको लागि अस्पतालले शिक्षण अस्पताल पठाएको भन्दै स्थानीयवासी र आफन्तजनको भीड यतिखेर अस्पताल परिसरमा जम्मा भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्ज पुग्नेबित्तिकै अस्पतालले मृत घोषणा गरेको आफन्त बताउँछन् । अहिले पीडित र अस्पताल व्यवस्थापनबीच छलफल भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । रासस