४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी
अ+ अ-

 

काठमाडौँ । भूकम्पले पुर्याएको क्षति र पुनःनिर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा शुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले भूकम्पको अवधि र त्यसपछिको पुनःनिर्माणसम्बन्धी गतिविधि समेटेर सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको बताउनुभयो । प्रदर्शनीले भूकम्प र पुनःनिर्माणको वास्तविक काम जनतासमक्ष पुर्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुस्ताको ज्ञान र अनुभवलाई भावी पुस्तालाई हस्तान्तरण गर्न खाँचो छ ।”

प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका करीब १०० फोटो राखिएको छ । प्रदर्शनी चार खण्डमा हुँदैछ । पहिलो खण्डमा भूकम्पपश्चात् भूकम्प प्रभावित व्यक्तिले कसरी एक–अर्कालाई सहयोग गरेका थिए भनेर देखाइएको छ । दोस्रो खण्डमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनःनिर्माण र पुनःस्थापनामा आएको चरणलाई देखाइएको छ । तेस्रो खण्डमा भूकम्पबाट क्षति पुगेका संरचनाको अवस्था र पुनःनिर्माणपछि तिनीहरूको अवस्थासम्बन्धी तस्वीर राखिएको छ ।

अन्तमा पुनःनिर्माण र पुनःस्थापनाका विभिन्न चरणमा भइरहेका काम तथा गतिविधिसँग सम्बन्धित सामग्री प्रदर्शन गरिएको छ । रासस