४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘निर्वाचनलाई स्वच्छ तुल्याउन सुधारको खाँचो’

‘निर्वाचनलाई स्वच्छ तुल्याउन सुधारको खाँचो’
अ+ अ-

काठमाडौँ । निर्वाचनमा जनताको पहुँच बढाउन र विश्वासयोग्य बढाउन विगतको अनुभवबाट निर्वाचन प्रणाली र प्रक्रियामा केही सुधारको आवश्यकता औँल्याइएको छ ।

निर्वाचन विवाद निरुपण कार्यविधिका बारेमा परामर्श गरी राय सुझाव लिन निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले नागरिकले शान्तिपूर्ण वातावरणमा ढुक्कका साथ भाग लिने र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन कानून र विधिमा सुधारको खाँचो औल्याउनुभएको हो ।

सो अवसरमा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउने सन्दर्भमा परेका अल्झन हटाउन सरकार र राजनीतिक दल तत्पर हुनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनका बारेमा उठेको गुनासोलाई समयमै सम्बोधन गर्ने संयन्त्र बनाउनुपर्छ, निर्वाचन कानून भद्धा किसिमको होइन, सरल, संक्षिप्त र बोधगम्य हुनुपर्छ ।” पूर्व कामु प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले विगतको तुलनामा नीति, विधि र प्रविधिको प्रयोगमा निर्वाचन आयोगले फड्को मारेको भएपनि मिति घोषणा गर्ने अधिकार नपाएका कारण निर्वाचन व्यवस्थापन गर्न आयोगलाई हम्मेहम्मे पर्दै आएको छ भन्नुभयो ।

पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले उम्मेदवार र राजनीतिक दलका कार्यकर्तामा जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने मनोविज्ञान विवाद मात्र होइन निर्वाचनको स्वच्छतामा प्रश्न उठने काम भएको बताउनुभयो ।
अर्का पूर्व आयुक्त सूर्यप्रसाद श्रेष्ठले नीतिगत रुपमा सुधार नभएसम्म स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गर्न आयोगलाई कठिनाइ हुने धारणा व्यक्त गर्नुभयो ।

आयुक्त सुधीरकुमार शाहले विगतको तुलनामा निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्नेमा समाजमा सचेतना र परिपक्कताकोस्तर बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका बेला उठेको विवादको ठीक ढङ्गबाट निर्णय हुन सकेन भने व्यक्ति, उम्मेदवार मात्र होइन, मुलुक नै प्रभावित हुनसक्छ भन्ने पक्षलाई सरोकारबाला पक्षले मनन गर्न आवश्यक छ, निर्वाचन स्वच्छ हुन सकेन भने जनताले लोकतन्त्रप्रति अपनत्व गर्न कठिन हुने छ ।”

आयोगका सहसचिव गिरिजा शर्माले अघिल्लो निर्वाचनका बखत आयोग समक्ष २६ विवाद प्राप्त भएका थिए भने अदालततर्फ १४६ र सबै निर्वाचन सम्बन्धमा सर्वोच्च अदालतमा १११ वटा विवाद दर्ता भएको बताउनुभयो ।

निर्वाचनका सिलसिलामा उत्पन्न हुनसक्ने निर्वाचन विवाद निरुपणको सुनुवाइ प्रक्रियामा एक रुपता, पहुँच स्थापित, पारदर्शीता, स्वच्छ, स्वतन्त्र र विश्वसनीयताका लागि सुनुवाइ तथा प्रतिवेदन प्रक्रियामा एकै प्रकारको कार्यविधि बनाउन आयोगले यो कार्यक्रमको आयोजना गरेको हो । रासस