सप्तरी । सप्तरीमा सात बर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपित सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई गरेर बलात्कार गरेका हुन् ।
सदालाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले आजै नियन्त्रणमा लिएको थियो । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेकोले बालिकाको उपचारका लागि धरान लगिएको हो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।