४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपालीमा बोल्दै महतोले प्रचण्डलाई भने– सरकारले केही काम नपाएर होली वाइन खान गएको हो ?

नेपालीमा बोल्दै महतोले प्रचण्डलाई भने– सरकारले केही काम नपाएर होली वाइन खान गएको हो ?
अ+ अ-


काठमाडौँ । संघीय संसदको आजको बैठकमा एउटा नयाँ दृश्य देखापर्यो– राजपाका नेता राजेन्द्र महतोको नेपाली भाषामा भाषण । उनले अपेक्षाभन्दा बाहिरै बोले, अर्थात राजेन्द्र महतोले नेपाली भाषामा गएको संविधानसभा र त्यसपछिको संसदमा पनि सम्भवत बोलेका थिएनन् । उनलाई दिइएको १० मिनेटको समयमा सबैभन्दा धेरै सरकारका विरुद्धमा आक्रोसा पोखेका थिए । सरकारले केही काम नपाएको हो प्रधानमन्त्रीज्यू ? शुरुमै थियो उनको प्रश्न । र आफैले जवाफ दिँदै भने– हो सरकारले काम नपाएकै हो, र एसिया प्यासिफिक कि कुन्नी के सम्मेलनमा गएको हो । दुवै हात हल्लाउँदै उनले भने– यी यसरी होली वाइन छर्किएर नेपालीलाई चोखो बनाउने र, यस्तो पनि केही तरिका हो ?

सरकारले आफूहरुलाई धोका दिएको उनको भनाई थियो । संविधान संशोधन गर्ने बाचा सरकारले गरेकोले राजपा र लगभग सबैजसो मधेशी दलहरुले सरकालाई समर्थन गरेका र केही सरकारमै गएको भए पनि आजका दिनसम्म पनि सरकारले संविधान संशोधन नगरेको बरु आफूहरुलाई धोखा दिएको उनको भनाई थियो । सरकारले जनताको पक्षमा र विकासको काम गर्न नसकेपछि यस्ता होलीवाइन जस्ता नौटंकी गरेको उनको आरोप थियो ।

संसदमा उनले बोल्दाको अर्काे संकेत पनि थियो– बारम्बार प्रचण्डलाई सम्बोधन । उनले आफूले बोल्ने क्रममा अधिकांश समय प्रचण्डलाई सम्बोधन गरेरै बितएका थिए । उनले सरकारप्रति लक्ष्यगर्दै प्रश्न भने प्रचण्डलाई गर्ने गर्दथे– कि कसो प्रचण्डजी ? र जाने बेलामा पनि उनले म यति भनेर बिदा लिन्छु यो कुरा प्रचण्डजीले सुन्नुहोला । उनले यसरी प्रचण्डलाई सम्बोधन गर्न थालेपछि सांसदहरुले आपसमा कानेखुसी गर्दै थिए किन हो महतोले प्रचण्डलाई मात्र सम्बोधन गर्दैछन् त । केही काँग्रेसी सांसद भन्दै थिए– राजपाले वर्तमान सरकारप्रतिको समर्थन फिर्ता लिने चर्चासँगै प्रचण्डलाई बारम्बार गरेको यो सम्बोधनको अर्थ छ, किनभने अब राजपा यो सरकारको विरुद्धमा जान सक्छ या वर्तमान सरकारको नेतृत्व परिवर्तनको माग पनि राख्न सक्छ । तर त्यस्तो परिणाम भने अहिले नै निस्किने देखिँदैन । तर नेपालीमा संसदमा सम्बोधन गर्ने र सरकारलाई गरेका प्रश्नहरु पनि बारम्बार प्रचण्डलाई ध्यानाकर्षण गराउनुलाई भने संसद भित्र र बाहिर बडो अर्थपूर्ण रुपमा लिइएको छ ।