३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

आइएमएस ग्रुपले ल्यायो नेपाली बजारमा सर्वाेत्कृष्ट क्रेनका उत्पादनहरु

आइएमएस ग्रुपले ल्यायो नेपाली बजारमा सर्वाेत्कृष्ट क्रेनका उत्पादनहरु
अ+ अ-

काठमाडौं – विश्वकै नम्बर १ ब्राण्ड (Humidifier Brand Crane) को नेपालस्थित आधिकारिक बिक्रता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।

यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थ्य एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै humidifier (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरु) एयर प्युरिफायर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्री वितरण आरम्भ गरेको जनाएको छ ।
क्रेन ब्राण्डले नवीन एवम उत्कृष्ट बस्तुहरु उत्पादन गरेवापत ”Best Humidifier for Small Spaces- 2015, PTPA Consumer Report Magazine BEST PRODUCTS 2012″ र  ”Family Choice-2018” लगायत अन्य धेरै पुरस्कार एवम सम्मानहरु पनि प्राप्त गरिसकेको ग्रुपले जनाएको छ ।

क्रेन एयर प्युरिफायर हावालाई शुद्धीकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ बनाउन प्रभावकारी छ । यसैगरी क्रेन Humidifier को प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई बाह्रै महिना फाइदाकारी हुन्छ । विशेषगरी जाडो याममा फाइदाजनक हुन्छ । यसले विशेषतः हावालाई ओसिलो बनाई रुघाखोकी, नाकमा रगत आउने, आँखा चिलाउने लगायत अन्य हिउँदमा देखिने समस्यालाई समेत निराकरण गर्दछ ।

यसै सन्दर्भमा आ.एम.एस. ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिकेश मलहोत्रा भन्नुहुन्छ, “हामी क्रेन जस्तो अन्तर्राष्ट्रिय स्तरमा उच्चस्तरीय र लोकप्रिय ब्राण्डको आधिकारिक बिक्रेता हुन पाउँदा खुसी र उत्साहित छाैँ । यसका उत्पादनहरु स्वास्थ्य लगायत अन्य दृष्टिकोणले पनि अत्यन्त उपयोगी र लाभदायक छन् ।”

आ.एम.एस. ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरु छिमेकी राष्ट्रको मूल्यभन्दा पनि कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने उहाँ बताउनुहुन्छ । यस ग्रुप सदैव नेपाली उपभोक्ताहरुको बदलिदो माग र आकाँक्षालाई पूरा गर्न उत्कृष्ट उत्पादनहरु बजारमा ल्याउन कटिबद्ध रहेको पनि मलहोत्रा बताउनुहुन्छ । क्रेनका उत्पादनहरु ग्राहक वर्गले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत पनि खरिद गर्न सक्नेछन् ।

आई.एम.एस ग्रुप के हो ?

आई.एम.एस गु्रप २० ओटा कम्पनीहरुको साझा समूह हो । यो गु्रप सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो ।

आई.एम.एस ग्रुप सन् १९९८ मा पहिलोपल्ट नेपालमा मोबाइल भित्रयाउने आधिकारिक समूह पनि हो । यस गु्रपले स्थापना भएको २५ वर्षमा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुष्टी यस ग्रुपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्याबाट बुझिन्छ ।