१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिगम्बर झाले फेरि दिए राजीनामा



अ+ अ-

काठमाडाैं – नेपाल दूरसंचार प्राधिकरणका विवादास्पद अध्यक्ष दिगम्बर झाले पदबाट फेरि राजीनामा दिनुभएकाे छ । सरकारले उहाँलाई गत भदौमा प्राधिकरण अध्यक्षमा नियुक्ति गरेको थियाे ।

तत्कालीन सूचना तथा संचार मन्त्री माेहन बहादुर बस्नेतले अध्यक्ष झाकाे पहिलाे कार्यकाल समाप्त हुनैलाग्दा पुनः पाँच वर्षका लागि म्याद थप गर्नुभएकाे थियाे । झाकाे पहिलाेपटक २०६९ सालमा नियुक्ति भएकाे थियाे, तर याेग्यतासम्बन्धी मुद्दाका कारण उहाँले पाँच वर्षे पदावधिमा करिब ३ वर्ष मात्र कार्यालयमा उपस्थित भएर कार्य गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री केपी शर्मा अाेली सरकारले गत असार २० गते राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै  माेहन बहादुर बस्नेतले गरेकाे झाकाे पुनः नियुक्ति पनि खारेजीमा परेकाे थियाे ।

झाकाे पुनः नियुक्ति गर्दा समेत भ्रष्टाचारकाे अाशंका गर्दै सर्वत्र अालाेचना भएकाे थियाे ।

तर वर्तमान सरकारले प्राधिकरणकाे कार्यकारी अध्यक्षका लागि गत भदाैमा गरेकाे विज्ञापनबाट समेत झा नै अध्यक्षमा नियुक्त हुनुभयाे । यसपटक समेत भ्रष्टाचारकाे अाराेपमा झा विरूद्ध संसद, नेकपा बैठक एवं सामाजिक संजालमा कटाक्ष गरियाे ।

दिगम्बर झाकाे नियुक्तिलाइ लिएर नेकपाभित्र संचार तथा सूचना प्रविधि मन्त्री गाेकुल बास्काेटाकै राजीनामा समेत माग हुन थालेकाे थियाे ।