१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै, मनाङ च्याम्पियन बन्ला त ?



अ+ अ-

काठमाडौं । लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । आज हुने खेलमा मनाङले संकटालाई पराजित गरे दुई खेल अघि नै उपाधि जित्ने छ ।

ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा आज हुने खेलमा यदि मनाङले जित हात पारे लिगको ६४ बर्षको इतिहासमा नयाँ कीर्तिमानीको साथ उपाधि उचाल्ने भएको हो ।

यदि आजको खेलमा मनाङ संकटा क्लबसँग बराबरी वा पराजित भएमा संकटा र थ्रीस्टारको उपाधि यात्रा कायमै रहने छन् । १०औं खेलसम्म लगातार जित हात पारेको मनाङले ११औं खेलमा पनि शतप्रतिशत जित हात पार्ने लक्ष्यमा रहेको छ ।

मनाङको १० खेलबाट ३० अंक बटुलेकोछ । संकटाको भने १० खेलबाट २५ अंक रहेको छ । त्यस्तै लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको १० खेलबाट २३ अंक रहेको छ ।

आजै हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क्लब र च्यासल युथ क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ । विहान ११ बजे हुने खेलमा दुवै टिम जितको खोजीमा रहेका छन् ।