१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा बाढी, दुईको मृत्यु, ८६ हजार प्रभावित



अ+ अ-

कोलम्बो । श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् ।

अत्यधिक बर्षापछि आएको बाढी र पहिरोमा परी ठूलो मात्रामा भौतीक संरचनामा समेत क्षती पुगेको श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरूको भनाई छ ।

सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।