४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मध्यपहाडी सडक विस्तार

मध्यपहाडी सडक विस्तार
अ+ अ-

बेत्रावती । नुवाकोटमा हाल निर्माणाधीन राजमार्गमध्ये गाउँदेखि शहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र बनाइएको छ ।

पाँचथरको पूर्वीभेगमा पर्ने चियोभञ्ज्याङ (नेपाल–भारत सीमा) बाट शुरु भएर बैतडीको झुलाघाटमा (महाकाली नदीसम्म) जोडिने यो राजमार्गको मध्यविन्दु नुवाकोटबाट पूर्वी खण्डअन्तर्गत पाटीभञ्याङसम्म ६५९ किमी र पश्चिम खण्डकोे पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमी पर्दछ ।

आयोजनाका इञ्जिनीयर दयानाथ यादवका अनुसार मध्यपहाडी सडकखण्डको नुवाकोटमा करीब ७० किमीमध्ये हाल पाँच खण्डमा काम भइरहेको छ सिन्धुपाल्चोकस्थित चिसापानीबाट प्रवेश गरी पाटीभञ्याङदेखि शेराबगर, छहरे, ढिकुरे, गङ्गटे, डेउडी, सामरी हुँदै भर्याङभुरुङबाट धादिङतर्फ सो सडक मोडिन्छ ।

जिल्लाको शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका, विदुर नगरपालिका र म्यागङ्ग गाउँपालिका हुँदै उक्त सडक धादिङतर्फ लाग्ने मध्यपहाडी सडक आयोजनाका पश्चिम खण्डका निमित्त प्रमुख इञ्जिनियर रमेश दृष्टिले जानकारी दिनुभयो ।

पहिलो खण्डमा पाटीभञ्याङदेखि थानसिङको छहरेसम्म २७।५ किमी पर्दछ । यस खण्डमा नयाँ ट्र्याक खोल्ने र साविक सडक स्तरोन्नतिको काम हुनाका साथै हाल सात पक्की पुलमध्ये केहीको निर्माण र सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको उहाँले बताउनुभयो ।

दोश्रो खण्डमा जिल्लाको थानसिङको छहरेदेखि खानीगाउँको ढिकुरेबजारसम्मको १३ किमी सडक विभागअन्तर्गत रिप ९सडक विस्तार आयोजना० मार्फत काम भइरहेको छ । यो सडक साविकको सडकअन्तर्गत स्तरोन्नति भइसकेकाले हाल कालोपत्रे गर्ने तयारी गरिएको इञ्जिनीयर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी फागुनदेखि शुरु हुने कालोपत्रेको काम छ महीना भित्रै सम्पन्न गर्ने लक्ष्य छ ।

तेश्रो खण्डमा ढिकुरेबजारदेखि विदुर नगरपालिका–५ गङ्गटेसम्म ७.३ किमी सडक रमण–दिव्यज्योति जेभीमार्फत कालोपत्रे गर्न थालिएको छ । हाल १७ स्थानमा एकैसाथ निर्माणको काम भइरहेको इञ्जिनीयर यादवले बताउनुभयो ।

चौथो खण्डमा विदुर नगरपालिकाक–५ गङ्गटेदेखि विदुर नगरपालिकाको वडा नं १३ डेउडीसम्मको सडक विस्तार प्रारम्भिक अध्ययनको क्रममा छ ।

पाचौँ खण्डअन्तर्गत उक्त नगरपालिकाको वडा नं १३ डेउडीबाट धादिङको सीमाक्षेत्र भर्याङभुरुङसम्मको सडक १३.५ किमी सडकको स्तरोन्नति तथा ट्र्याक विस्तार भइसकेकाले मित्र–सञ्जिवनी जेभीलेकालोपत्रेका लागि ठेक्का छ । यस सडकखण्डको कागुने, सामरी र भर्याङभुरुङ खोलाको पुल निर्माणको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ ।
नुवाकोटमा मध्यपहाडी सडकको विस्तारले जिल्लाको दुर्गम तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीलाई सुगम र शहरसँग जोड्न महत्पूर्ण योगदान पुर्याउने विश्वास लिइएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

उहाँका अनुसार यस सडकले शिवपुरी गाउँपालिकाको पाटीभञ्याङदेखि छहरेसम्म सडक सुविधाविहीन हुँदा काठमाडौँको चार नगरपालिकासँग जोडिएको स्थानीय तह भएर पनि विकट र दुर्गमको पहिचान अब हटने भएको छ । “यो सडक निर्माणले धादिङसँग जोडिएका म्यागङ गाउँपालिका र सिन्धुपाल्चोक र काठमाडौँसँग जोडिएका शिवपुरी गाउँपालिकावासीको जीवनस्तर उकासिन्छ,” उहाँले भन्नुभयो, “यहाँको कृषि उपज, जडीबुटी, पर्यटक प्रवद्र्धनले जिल्ला हुँदा मुलुकलाई नै आर्थिक रूपमा समृद्ध बनाउन सकिन्छ ।”

पूर्वी–पहाडदेखि पश्चिम–पहाडसम्म पहाडैपहाड पहुँच पुर्याउने योजनाको समग्र काम अपेक्षाअनुसार प्रगति न्यून भएको बताइन्छ । रासस