१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महीनामा पाँच हेलिप्याड निर्माण



अ+ अ-

गलेश्वर । आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ ।

दुई महीनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत एक महीनाको अवधिमा जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाका पाँच वडामा हेलिप्याड निर्माण भइसकेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

प्रजिअ अधिकारीले दिएको जानकारीअनुसार मालिका गाउँपालिका देवीस्थान, मङ्गला गाउँपालिका–२ हिदी, रघुगङ्गा गाउँपालिका–६ पाखापानी, मालिका गाउँपालिका–२ रुम र कुहूँको महभीरमा हेलिप्याड निर्माण भइसकेको छ । अन्य वडामा पनि हेलिप्याड निर्माणका लागि स्थल छनोटको काम भइरहेको जनाइएको छ । एउटा हेलिप्याड बनाउन करीब रु ३० हजार खर्च लाग्छ ।

स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

विकट वडाको एक बस्तीबाट अर्कोमा पुग्न एक दिनसम्म लाग्ने भएकाले एउटै वडामा तीन वटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औँल्याएका छन् । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतसमेत सहज बनाउने विश्वास लिइएको छ । रासस