४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘बस स्टप’ परिवर्तन हुँदा यात्रु मर्कामा

‘बस स्टप’ परिवर्तन हुँदा यात्रु मर्कामा
अ+ अ-

काठमाडौँ । दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् ।

काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा टुँडिखेल आसपासको क्षेत्रमा सवारी आवागमन व्यवस्थित बनाउन बस स्टप परिवर्तन गर्दा यात्रु मर्कामा परेका हुन् ।

तारकेश्वर नगरपालिका मनमैजु बस्ने कमला गुरुङ भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पस जान हिँड्नुभयो । अरु दिन भृकुटीमण्डप ओर्लने उहाँ बस बिसौनी परिवर्तन भएपछि जमल ओर्लनुप¥यो । “जनतालाई दुःख दिएर के गर्न खोजेको हो, कुनै जानकारी बिना नै एक्कासि जमल ओर्लनुप¥यो रु”, उहाँले गुनासो गर्नुभयो । सुन्धारा जान लगनखेलबाट बस चढ्नुभएका अनिल ठकुरीलाई रत्नापार्कमा रोकिदियो । “म त सुन्धारामा झार्दिन्छ भनेर यो बस चढेको हो, किन रत्नापार्कमा झार्दियो”, उहाँले रिसाउँदै भन्नुभयो । कमला र अनिलजस्ता लाखौँ यात्रुले अहिले उक्त समस्या भोग्नुपरेको छ ।

काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही पुस १ गतेदेखि एउटा रुटको सवारी साधनलाई टुँडिखेल वरपरको दुई ठाउँमा मात्र यात्रु ओराल्ने र चढ्ने व्यवस्था मिलाएपछि यात्रुले उक्त समस्या भोग्नुपरेको हो । पहिला एउटै रुटको बसले चार ठाउँमा यात्रु ओराल्ने तथा उकाल्ने गरेकोमा अहिले कम भएपछि यात्रु मर्कामा परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले भद्रगोल भएको ट्राफिक व्यवस्था सहज बनाउन यात्रु ओर्लने र चढ्ने केन्द्रहरु परिवर्तन गरेको बताउनुहुन्छ । “एकै ठाँउबाट सवारी साधनले यात्रु ओराल्ने तथा चढाउने गर्दा सवारी साधन आगमनमा समस्या प¥यो, सवारी साधन जाम हुने भएकाले छुट्टाछुट्टै बस स्टप निर्धारण गरेका हौँ”, उहाँ भन्नुहुन्छ ।

यात्रु ओर्लने र चढ्ने स्थान व्यवस्थित बनाउँदा केही समस्या भएको उहाँको भनाइ थियो । यात्रुलाई आफूले चढ्ने सवारी साधनको ठाउँ र सडकको बारेमा पनि महाशाखाले जानकारी दिन थालेको उहाँले बताउनुभयो ।

नयाँ निर्धारण गरिएको बस बिसौनी सामाखुशी हुँदै गोँगबु चल्ने सवारी साधन, सीतापाइला हुँदै इचङ्गु चल्ने, नयाँ बजार हुँदै बालाजु, तारकेश्वर चल्ने सवारीलाई जमल र आरएनएसीमा यात्रु आर्लने तथा चढ्ने व्यवस्था गरिएको छ । दिगो सार्वजनिक यातायात, संयुक्त यातायात, कपन बङ्गलामुखी यातायात, सिटी यातायात र अन्नपूर्ण सेवालाई काठमाडौँ मल अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी बूढानीलकण्ठ, विशालनगर, कपन, धूमबराही, धापासी, मण्डिखाटारलगायतका क्षेत्रमा जाने सवारी साधनलाई पनि काठमाडौँ मल अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था गरिएको छ । साझा यातायात, पाटनढोका यातायात, शिवपुरी बूढानीलकण्ठ यातायात र हामी सबैको यातायातलाई आरएनएसी अगाडि यात्रु ओराल्ने तथा उकाल्ने व्यवस्था मिलाइएको छ । स्वयम्भू, गौशाला, तीनचुले, इमाडोल सडकमा चल्ने टेम्पोलाई पनि काठमाडौँ मल अगाडिबाट यात्रु ओर्लने र चढ्ने व्यवस्था मिलाइएको छ ।

लगनखेल, भैँसेपाटी, गोठाटार यातायात, लालुपाते यातायात कोटेश्वर, अन्नपूर्ण यातायात, लगनखेल, कलङ्की निलो माइक्रो, दक्षिणकाली माइक्रोबस समिति, जोरपाटी माइक्रो, बूढानीलकण्ठ बस समिति, न्यू अन्नपूर्ण टेम्पो, कान्तिपुर यातायातलाई रत्नपार्कबाट यात्रु आर्लने तथा चढ्ने व्यवस्था मिलाइएको छ । साझा यातायात, हामी सबैको यातायात, शिवपुरी बूढानीलकण्ठ सेवा, ललितपुर यातायात, नेपाल यातायात गोठाटार, जनता यातायात कलङ्कीलाई राष्ट्रिय सभागृह अगाडि यात्रु उकाल्ने तथा ओराल्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रासस