८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

ट्रम्पले बजेटमा हस्ताक्षर नगर्दा सङ्घीय कार्यालयहरु आंशिक बन्द हुने

ट्रम्पले बजेटमा हस्ताक्षर नगर्दा सङ्घीय कार्यालयहरु आंशिक बन्द हुने
अ+ अ-

 

वासिङटन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण सङ्घीय कार्यालयहरु अझै केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको छ । अमेरिकी संसदले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको पाँच अर्ब डलर बाहेकको बजेटमात्र पारित गर्ने जानकारी गराएसँगै राष्ट्रपति ट्रम्पले बजेट स्वीकृत नगर्ने अडान लिनुभएको छ ।

फेरि, सांसदहरु बजेट छलफल बीचमै छाडेर क्रिसमस र नयाँ वर्षको छुट्टी मनाउन वासिङटनबाट अन्यत्र हिँडिसकेका छन् । उनीहरुको भनाईमा मतदानका लागि वासिङटन फर्किन अरु २४ घण्टाको समय दिनु पर्दछ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटको बैठक बिहीबार अपराह्नका लागि बोलाइएको छ, तर बैठकमा थोरै संख्यामा मात्र सिनेटरहरु उपस्थित हुने सम्भावना छ ।

सङ्घीय कर्मचारीहरु पनि सप्ताहान्त र दुईवटा सार्वजनिक बिदापछि बुधबारबाट काममा फर्किएका छन् । तर कतिपय सङ्घीय कार्यालयका कर्मचारीहरु बजेट पारित नहुँदा नराम्रोसँग प्रभावित भएका छन् ।

राष्ट्रपति ट्रम्प आफ्नो मागप्रति अविचलित हुनुहुन्छ । इराक भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई सीमा सुरक्षाका निम्ति जस्तोसुकै कदम चाल्न आफू तत्पर रहेको बताउनुभएको छ । सङ्घीय सरकारी कार्यालयहरु खुलाउन आफूले सीमा पर्खालको बजेटमा पुनर्विचार गर्न लागेको भन्ने कुरामा सत्यता नरहेको पनि उहाँले जानकारी दिनुभयो ।

“पर्खाल बनाउनुको कुनै विकल्प नै छैन, हामी सुरक्षित पनि त हुनुपर्यो नि,” राष्ट्रपतिले भन्नुभयो ।

बजेट अभावमा नौ वटा मन्त्रालय मातहतका विभागहरु र दर्जनौं सङ्घीय निकायहरुका काममा कठिनाई उत्पन्न भएको छ । करिब चार लाख २० हजार कर्मचारीले विना तलब काम गरिरहेका छन् भने अरु तीन लाख ८० हजारलाई बेतलबी विदा दिइएको छ ।

ह्वाइट हाउसले कङ्ग्रेसमा डेमोक्राट पार्टीका नेताहरुसँग वार्ता गरिरहेको छ तर आशावादी हुने सङ्केत अझै मिलेको छैन ।

वार्तामा सहभागी उत्तरी क्यारोलिना राज्यका रिपब्लीकन सांसद एवं राष्ट्रपति ट्रम्पका नजिकका व्यक्ति मार्क मिडोजले सीमा सुरक्षाका मामिलामा राष्ट्रपति ट्रम्प आफ्नो अडानमा यथावत रहनुभएको जानकारी दिनुभयो ।

सरकारी खर्चको विषयमा उत्पन्न विवाद गत साताबाटै शुरु भएको हो । सिनेटमा रिपब्लीकन र डेमोक्राटबीच फेब्रुअरीसम्मका लागि सरकारी खर्चलाई अनुमोदन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतामा एक अर्ब ३० करोड डलर सीमा सुरक्षा परियोजनाका लागि उपलब्ध गराउने उल्लेख थियो तर सीमामा पर्खाल बनाउन बजेट छुट्याइएको थिएन ।

ट्रम्पको आग्रहमा तल्लो सदनले भने ५ अर्ब ७० करोड डलरको बजेट पारित गरेको थियो ।

तर सिनेटबाट उक्त बजेट पारित गर्न रिपब्लीकन सांसदहरु पर्याप्त छैनन् । सिनेटबाट बजेट पारित हुन ६० सदस्य आवश्यक हुन्छ, जबकी सिनेटमा रिपब्लीकनको सदस्य संख्या ५१ मात्र छ । सिनेटमा डेमोक्राटहरुले पर्खाल निर्माणका लागि कुनै पनि परिस्थितिमा बजेट पारित नगर्ने अडान राखेका छन् ।

सिनेट र ह्वाइट हाउसबीच भएको वार्ताले निष्कर्श निकाल्न नपाउँदै सरकारी कार्यालयहरु बन्द भइसकेका छन् ।

सरकारी बजेट अभाव भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । शेयर बजारमा आएको गिरावट अझै रोकिएको छैन ।