९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एयर विमान दुर्घटना : १६ वटा शव फेला, अरु खोजी जारी



अ+ अ-

काठमाडौँ । तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेका १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार विमानमा सवार अन्यको खोजी भइरहेको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमतर्फ उडेको विमान जोमसोम विमानस्थलमा अवतरण हुन नपाई हराएको थियो । सो विमानको हिजैदेखि खोजी अभियान थालिए पनि प्रतिकूल मौसमका कारण फेला परेको थिएन । आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटनाग्रस्त अवस्थामा सो विमान फेला परेको थियो ।

यार्सागुम्बा टिप्न गएका स्थानीयवासीले सो विमान फेला पारेका थिए । नेपाली सेना र नेपाल प्रहरीको टोली अहिले सो स्थलमा पुगी उद्धार र खोजी कार्य गरिरहेको बताइएको छ । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेका थिए ।