१ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वदेशी जुत्ता उद्योगका समस्या र प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले जुत्ता उत्पादक सङ्घसँग छलफल गर्दै बागमती प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार साउने संक्रान्ति र सिसेःक्पा तङ्नामले लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको प्रेरणा दिन्छ : भीष्मराज आङदेम्बे सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग विकासमैत्री कानून र वन ऐन संशोधनमा इप्पानको जोडः १९ हजार मेगावाटका आयोजना प्रभावित भएको दाबी विद्युतीय पूर्वाधार विकास र ऊर्जा व्यापारमा सरकारको प्राथमिकताः आगामी १० वर्षभित्र प्रतिव्यक्ति खपत १५ सय… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ… कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै आज साउने सङ्क्रान्ति पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो



अ+ अ-

गलकोट । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याउनुभयो ।

तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याउनुभएको थियो । मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो । एक सय चार वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताउनुभयो । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ ।

गत वर्ष रोज्जा च्याङ्ग्रालाई रु ५५ हजारमा बिक्री गरेको बताउँदै यो वर्ष रु ४५ हजारमा बिक्री गरिरहेको बताउनुभयो । “छोसेरबाट हिँडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्याङ्गा बिक्री भइसके, अझै ५४ च्याङ्ग्रा रहेका छन्, अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फष्टाएको छ”, गुरुङले भन्नुभयो, “परम्परागतरुपमा पाल्दै आएको च्याङ्ग्रा बिक्रीका लागि आफैँ बिक्री गर्दै आएको छु, आफैँ च्याङ्ग्रा उत्पादन र आफैँ बिक्री गर्दा नाफा धेरै हुन्छ ।”

कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ । च्याङ्ग्राको मूल्यमा १० देखि १५ हजारसम्म घटेकाका कारण चाँडो व्यापार भएको च्याङ्ग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिनुभयो ।

बागलुङमा महेन्द्र केसीले भित्र्याउनुभएको ७४ च्याङ्ग्रामा १६ वटा बिक्री भइसकेको बताउनुभयो । गत वर्ष च्याङ्ग्राको व्यापार घट्दा यस वर्ष बागलुङका थोरै च्याङ्ग्रा व्यापारी बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा खरिद गरेको केसीले जानकारी दिनुभयो ।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा भाउ महङ्गो भएपछि यस वर्ष केही सस्तो भएको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्राय: उपभोक्ताले दसैँमा भेडाच्याङ्ग्रा खोज्ने केसीले जनाए । रासस




भर्खरै