५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त



अ+ अ-

एजेन्सी । अनुभवी ब्याटिङ अलराउन्डर सनथ जयसूर्या श्रीलंकाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सोमबार श्रीलंका क्रिकेटको कार्यकारी समितिले जयसूर्यालाई मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको हो ।

एसएलसीले एक्स पोस्टमार्फत यो जानकारी दिएको छ ।

५५ वर्षीय जयसूर्यालाई भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डविरुद्धको टोलीको प्रदर्शनका लागि इनाम मिलेको हो । टोलीले सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजमा घरेलु मैदानमा क्लिन स्वीप गरेको थियो ।

टोलीले तेस्रो टेस्टमा इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरे पनि ३ खेलको शृङ्खला २-१ ले गुमाएको थियो । यसअघि भारतविरुद्धको एकदिवसीय सिरिजमा टोलीले २–० ले जित हासिल गरेको थियो ।

जयसूर्या सेप्टेम्बर महिनामा श्रीलंकाली टोलीको अन्तरिम मुख्य प्रशिक्षक बनेका थिए । जयसूर्याको कार्यकाल मार्च ३१, २०२६ सम्म रहनेछ ।

सिल्भरउडको राजीनामापछि जयसूर्यालाई अन्तरिम प्रशिक्षक बनाइएको थियो । सन् २०२४ को टी–२० विश्वकपमा खराब प्रदर्शनपछि सिल्भरउडले राजीनामा दिएका थिए ।

वानिन्दु हसरंगाको कप्तानीमा रहेको श्रीलंकाली टोली २०२४ को टी–२० विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो । टोली बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।