१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

विकास र विपत्तिमा राजनीति नगर्न गृहमन्त्री लेखकको आग्रह

विकास र विपत्तिमा राजनीति नगर्न गृहमन्त्री लेखकको आग्रह
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिकाऔ१२ भूमेडाँडा र बेथानचोश गाउँपालिका ४ चलालको निरीक्षण गर्नु भएको छ ।

सोमबार विहान बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि दिउँसो जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा गृहमन्त्री लेखकले विकास र विपत्तिमा राजनीति गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘भारी वर्षाबाट सिर्जित बाढी-पहिरोबाट जन-धनको ठूलो क्षति भएको छ । संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ । तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ । तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ ।’

गृहमन्त्री लेखकले विकास र विपत्तिमा राजनीति हुँदैन भन्दै सबैले मिलेर काम पर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ । खोजी र उद्धारको काम जारी रहेको भन्दै अब राहतको व्यवस्था गराउने अवस्थामा छौँ ।’

गृहमन्त्री लेखकले मानबिय क्षती भएका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा पहिलो किस्ता उपलब्ध गराइन्छ । घाइतेको निशुल्क उपचार हुन्छ । काभ्रेका बाढी(पहिरो प्रभावितलाई थप पालिका वा वडालाई संकटग्रस्त घोषणाका लागि सिडिओले सिफारिस गर्नुहुन्छ । सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ ।’

बाढी-पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । उहाँले भन्नुभयो ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले राम्रो काम गरेको छ तर सरकारले काम नगरेको भन्ने हुँदैन ।सरकार भनेकै यही हो ।’