१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
अ अ+ अ-

चैनपुर । तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो । घरायसी काममा दौडधुप बढी भएपछि बिरामी पर्नुभएकी उहाँलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन । स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए ।

त्यसले बिसेक नभएपछि थप उपचारका लागि उहाँ खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा जानुभयो । त्यहाँ गएपछि भने उहाँलाई केही दिनमै सञ्चो भयो । खप्तडछान्ना गाउँपालिका –६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए । “उपचारका लागि सहरतिर जानुभन्दा लेकतिर गएपछि अचम्म लाग्यो”, १५ वर्ष भारतमा काम गरेर फर्किएका देवकुमार थापाले भन्नुभयो, “सबै उपचार गर्न सदरमुकाम चैनपुर, धनगढी, काठमाडौँ, भारतको पलिया, नयाँ दिल्लीतिर जान्छन् । उहाँ खप्तड जानुभयो । हामी त अचम्ममा पर्‍यौँ!”

तारालाई खप्तडमा उपचार गरेर सञ्चो भएपछि भने देवकुमारले पनि आफ्नी श्रीमतीलाई उपचार गर्न त्यही लगेको बताउनुभभयो । “दिल्लीको गर्मी र बझाङको चिसोले रूघा र ज्वरो बढेपछि खप्तडमा जाने निधो गर्‍यौँ । खप्तडमा नेपाली सेनाको ब्यारेक पुग्नु परेन । खापरदहमा हालै लागेको जगन्नाथ मेला ‘ओरालु’ मा नेपाली सेनाले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा उपचार गर्‍यौँ र सञ्चो भयो”, थापाले भन्नुभयो ।

उहाँजस्तै पछिल्लो समय धेरै बिरामी खप्तडमा रहेको नेपाली सेनाको उपचार केन्द्रमा आकर्षित भइरहेका छन् । बाजुराको खप्तडछेडेदह गाउँपालिका–१ का श्याम रावल त्यसको उदाहरण हुनुहुन्छ । लामो समय भारत बसेका उहाँ ओरालु मेला भर्न जाँदा लेक लागेर रिँगटा लाग्न थालेपछि आफन्तको सुझावपछि नेपाली सेनाको स्वास्थ्य शिविरमा गएर सञ्चो भएको बताउनुहुन्छ । “मलाई त खै के पो हुने हो जस्तो लागेको थियो । उपचारका लागि नजिकै अर्को विकल्प पनि थिएन । त्यहाँ गरिएको सानो उपचारले खप्तड बसाइ सहज भयो”, रावलले भन्नुभयो ।

खप्तड जाँदा हुने यस्ता समस्याका बेला खप्तड ब्यारेकमा रहेको उपचार सेवा धेरैका लागि प्रणदायी बनेको छ । पर्यटक, गोठाला, तीर्थालुलाई पछिल्लो समय यो सेवा ढुक्कले खप्तड जाने आधार बनेको छ । गोठालो गर्न गएका प्रेम खड्काले हाल नेपाली सेनाको ब्यारेकबाट उपलब्ध हुने औषधि तथा उपचार सेवाले यहाँ आउनेलाई निकै सहज भएको बताउनुभयो । “गाउँघरतिरका स्वास्थ्य चौकीमा प्राय: सिटामोल मात्रै पाइन्छ, न गतिलो औषधि, न उपचार नै । त्यसैले हामी त सानो समस्या भए पनि खप्तडमै आउँछौँ । यहाँ औषधिसँगै परामर्श राम्रो छ”, उहाँले भन्नुभयो ।

समरजित गुल्म खप्तडका गुल्मपति सेनानी रामकुमार थापाले स्वास्थ्य समस्या लिएर खप्तडमा दिनहुँ बिरामी आउने गरेको बताउनुभयो । उहाँले मेलाका समयमा शिविर तथा अन्य समयमा ब्यारेकको मेडिकलबाटै उपचार गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ, दशहरालगायत मेलामा पनि हजारौँ तीर्थालु भक्तजनले नेपाली सेनाले आयोजना गर्ने गरेको शिविरबाट सेवा लिने गर्छन् । “खप्तडमा लाग्ने मेलामा हरेक वर्ष हामीले स्वास्थ्यशिविर सञ्चालन गर्दै आएका छौँ । अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याले धेरैलाई समस्या हुन्छ । त्यसैले उहाँहरू लक्षित गरी शिविर आयोजना गर्ने गरिएको हो । त्यसबाहेक अन्य समयमा पनि दैनिकजसो २०र३० जनाले यहाँ उपचारका लागि आउने गरेका छन्”, गुल्मपति सेनानी थापाले बताउनुभयो ।

यस कार्यले जुनसुकै मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आइपर्ने भवितव्यमा निकै सहज भएको स्थानीयले बताएका छन् । यसका साथै मध्यवर्ती क्षेत्र आसपासमा हुने विभिन्न प्राकृतिक तथा अन्य दुर्घटनामा पनि उद्धार तथा खोज गर्न नेपाली सेनाले सक्रियता देखाउँदै आएको छ ।