• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ : सिटौला



काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले भन्नुभयो, “हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।” मुलुकमा यतिखेर अनेक अतिवादीहरू सक्रिय हुन खोजेको उल्लेख गर्दै काङ्ग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले आफूहरूलाई कुनै पनि अतिवादी स्वीकार्य नभएको स्पष्ट पार्नुभयो ।

नेता सिटौलाले वर्तमान सरकारले जनपअ‍ेक्षाअुनसार काम गर्न नसकेको र सबै सरकारी निकायमा हस्तक्षेप गरेको आरोप लगाउँदै यस परिस्थितिमा काङ्ग्रेस जनतामाझ जानुपर्ने धारणा व्यक्त गर्नुभयो । हालै सम्पन्न पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उहाँले बैठकबाट पारित विधानअनुसार अब कि छिट्टै महाधिवेशनको तयारीमा जानुपर्ने कि अन्तरिम समयसम्मका लागि पार्टीका संरचना निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता सिटौलाले सबै केन्द्रीय सदस्यले वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक पदमा एक व्यक्तिलाई एकपटक मात्र प्राप्त हुने महासमिति बैठकमा प्राप्त सुझावलाई पार्टीको केन्द्रीय समिति बैठकबाट विधानमा समेटिने जानकारी दिनुभयो ।

कार्यक्रममा युवानेता गगनकुमार थापाले काङ्ग्रेसको विधान अग्रगामी बनेको बताउँदै विधान तहः पार्टीका संरचना बनाउन र सङ्गठन सुदृढीकरणका लागि समयमै निर्धारित पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो ।

काङ्ग्रेसले आफ्नो राजनीतिक प्रस्तावमा संविधानका मूलभूत व्यवस्थालाई स्वामित्व लिई उल्लेख गरेको बताउँदै उहाँले संविधानको सार्थक कार्यान्वयन गर्न पनि काङ्ग्रेसले नेतृत्व लिने स्पष्ट पार्नुभयो । काङ्ग्रेसमा गुटउपगुट मौलाएको छ नि रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता थापाले भन्नुभयो, “द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन तर यसलाई नेतृत्वले व्यवस्थापन गर्नु आवश्यक छ ।”

उहाँले पनि धर्मका सम्बन्धमा संविधानमा भएको व्यवस्था नै पार्टी धारणा भएको उल्लेख गर्दै सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्नुपर्ने र धर्म परिवर्तन गराउने विषय गलत भएको टिप्पणी गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सरकारका क्रियाकलापले जनता निराश बनेको आरोप लगाउँदै काङ्ग्रेस जनतामाझ गएर आशा र विश्वास जगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाका पालामा विधानमा समावेशी व्यवस्था नभए पनि व्यवहारमा लागू भएको जानकारी गराउँदै उक्त व्यावहारिकतालाई हाल विधानमा समेटिएको बताउनुभयो ।

काङ्ग्रेस नेता शिव हुमागार्इंले महासमिति बैठकबाट पारित विधानअनुसार अब नेता कार्यकर्तामुखी र कार्यकर्ता जनतामुखी हुने बताउनुभयो । नेताहरू सिटौला, थापा र चौधरी काङ्ग्रेसको १३औँ महाधिवेशनमा क्रमशः सभापति, महामन्त्री र कोषाध्यक्ष पदमा समूह बनाई उम्मेदवार बन्नुभएको थियो । रासस