५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको अपराजित यात्रा, सिटीको लगातार दोस्रो हार



अ+ अ-

काठमाडौँ । ईङ्गलिस प्रिमियर लिग फुटबलको लिभरपुल अपराजित यात्रा कायमै रहेको छ । बुधबार राति भएको खेलमा एकमात्र अपराजित टोली लिभरपुलले न्युकासल माथि ४–० को प्रभावशाली जित हात पारेको हो ।

जितसँगै लिभरपुलले दोश्रो स्थानको टटनहामसँगको दुरी ६ अंकमा पुर्‍याएको छ । १६ औं जित निकाल्ने क्रममा लिभरपुलका लागि देजान लोभरेन, मोहम्मद सालेह, जेद्रान साकिरी र फाविन्होले १–१ गोल गरेका थिए ।

लिभरपुलको जारी लिगमा १९ खेलबाट ५१ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

म्यानचेष्टर सिटीको लगातार दोस्रो हार

गएराती नै भएको खेलमा लेष्टर सिटीसँग २–१ गोल अन्तरले पराजित हुँदै म्यानचेष्टर सिटी तालिकाको तेश्रो स्थानमा झरेको छ । ४४ अंकमा तेस्रो स्थानमा रहेको म्यानचेष्टरले जारी लिगको लगातार दोस्रो हार हो

गएराती भने खेलको सुरुवाती १४ औँ मिनेटमा बर्नाडो सिल्भाको गोलबाट म्यानचेष्टर सिटीले अग्रता बनाएपनि १९ औँ मिनेटमा मार्क अलब्राईटले लेष्टरका लागि बराबरी गोल गरेका थिए । ८१ औँ मिनेटमा रिकार्डो पिरेराले गरेको गोल लेष्टरलाई भने लगातार दोस्रो जित निकाल्न पर्याप्त भयो ।

टटनहामले बर्नमाउथलाई ५–० ले हरायो

बर्नमाउथलाई ५–० को फराकिलो अन्तरले हराउँदै टटनहाम तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । टटनहामको ४५ अंक भएको छ ।

चेल्सीले वार्टफोर्डलाई २–१ ले हरायो

चौथो स्थानमा रहेको चेल्सीले वार्टफोर्डलाई २–१ ले हराउँदा पाँचौ स्थानको आर्सनल पनि ब्राईटन एण्ड होभ अल्बियनसँग १–१ को बराबरीमा रोकियो ।

म्यानचेष्टर युनाईटेडले हर्डल्सफिल्ड टाउन माथि ३–१ को जित

म्यानचेष्टर युनाईटेडले हर्डल्सफिल्ड टाउन माथि ३–१ को जित हात पार्दा, एर्भटनले बर्नलीलाई ५–१ ले हराएको छ । कार्डिफ सिटी र क्रिष्टल प्यालेसले भने गोल रहित बराबरीका साथ अंक बाँडेका छन् ।