• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

देशकै बदनाम गरे नालायक सचिवले – लक्की शेर्पा जोगाउन पनि बेग्लै चलखेल



काठमाडौं– अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम गर्नेमा परराष्ट्र सचिव शंकरदाश बैरागीको ठूलै हात रहेको छ । तर पनि यी परराष्ट्र सचिवको तुलनामा परराष्ट्रमा लामो समयदेखि बसिरहेका छन् । यसको पत्तो सरकारलाई छ तर पनि उनको चाकडीका अगाडि कसैको केही लाग्दैन, उनी टिकीहाल्छन् । अहिले पनि उनकै कारण देशको शिर उँचो भएको होइन कि बदनाम हुन पुगेको छ । परराष्ट्र मन्त्रालयका राष्ट्रसेवकका कारण देशलाई संसारमा चिनाउन र सफल बनाउन महत्वपूर्ण भूमिका हुन्छ भन्ने यथार्थ बैरागीका कारण तुहिएको छ । उनका कारण यतिखेर नपालको एसियाली क्षेत्रमै बदनाम भएको छ ।

कुटनीतिक क्षेत्र भनेको देशलाई विश्वमा चिनाउने एक महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रको सामान्य भाषाले पनि देशका गरिमा र महत्व बढ्न पुग्दछ । त्यसैले यस क्षेत्रका राष्ट्रसेवकले हरेक शब्द–शब्दमा खेल्नुपर्ने हुन्छ र अरु देशहरुसँगको सम्बन्धलाई घनिष्ट बनाइराख्नु पर्ने हुन्छ ।
तर, अहिले भने परराष्ट्र मन्त्रालय जस्तो संवेदशनशील निकायका गैरजिम्मेवार कर्मचारीका कारण देशकै बदनाम हुन पुगेको छ । यसमा परराष्ट्र सचिव वैरागीको गैरजिम्मेवार रबैया स्पष्टसँग झल्किएको छ । उनको हेलचक्रार्इँका कारण देशकै बदनाम हुन पुगेको हो । इन्डोनेशियामा हालै भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट भएको मानवीय क्षतिलाई सम्बोधन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको एक शोक वक्तव्यलाई अंग्रेजी भाषामा अनुवाद गर्ने क्रममा परराष्ट्रले त्यसलाई वधाई सन्देश बनाइदियो । अंग्रेजी भाषामा निकालिएको विज्ञप्तिमा ‘इन्डोनेसियामा हालै गएको ज्वालामुखी विस्फोटपछि ज्यान गुमाएकाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई सन्देश पठाएको’ भन्ने व्यहोरा छ । जबकि त्यो शोक वक्तव्य थियो । राष्ट्रपतिले इन्डोनेसियाका राष्ट्रपतिमार्फत त्यहाँका नागरिकलाई शोक सन्देश पठाएकि थिइन् । त्यसको अनुवाद गर्ने क्रममा यती गम्भीर त्रुटी गरिएको छ । जसमा परराष्ट्र सचिव रहेका शंकरदास बैरागीको गैरजिम्मेवार र लापबारहीको पराकाष्ठा स्पष्टै झल्किन्छ । यसरी देशको राष्ट्रपतिले पठाउने सन्देशमा पनि उनले आफूले हेर्न नभ्याएको भनेर अरु कर्मचारीलाई काममा लगाएका थिए । जसका कारण यस्तो गम्भीर त्रुटी हुन पुगेको छ । यसले संसारमा नै देशको बेइज्जत भएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना पनि भएको छ । तर यस विषयमा परराष्ट्र अहिलेसम्म पनि बोलेको छैन । त्यो अर्काे लापरवाही हो ।

 

बिमस्टेक सम्मेलनमा पनि यीनले देशको बदनाम गरेका थिए

केही महिनाअघि काठमाडौँमा सम्पन्न भएको विमस्टेक सम्मेलनमा पनि यीनका कारण नेपालको बेइज्जत भएको थियो । सहभागी प्रधानमन्त्री तथा राष्ट्रतिहरुलाई रिट्रिट गराउने स्थलका रुपमा उनले आफैले गोकर्ण रिसोर्ट छानेर कार्यक्रम सूची सार्वजनिक गरेका थिए । त्यस समयमा उनले गोकर्ण रिसोर्ट छान्दा सरकारका अरु कुनै पनि निकायसँग कुनै सल्लाह र परामर्श नै नगरी छानेका मात्र होइन कि सरकारलाई कार्यक्रमको सूची बुझाएका थिए । तर त्यो क्षेत्र बाटोका कारण निकै गाह्रो थियो । प्रधानमन्त्रीले त्यस क्षेत्रको बाटो जसरी पनि सक्नु भनेपछि राज्य संयन्त्रै लागेर बाटो बनाउन खोज्दा पनि समयका कारण सकिएन । यसका कारण आखिर सो क्षेत्रमा बाटो नै बनेन र सरकार अन्तम समयमा आएर सो कार्यक्रम नै रद्द गरेर सोल्टी होटलमै गर्नुपर्यो । यसरी सहभागीहरुलाई पहिल्यै बुझाइएको कार्यक्रम सूचीको स्थानमा कार्यक्रम गर्नका लागि बाटोको कारण नसएिको भनी सहभागीलाई जवाफ दिनुपरेको थियो । यसरी देशकै बदनाम भएको थियो । उनले यस्ता विदेशी कार्यक्रमहरुमा नेपालका अरु अधिकारी या मन्त्रालयलाई नसोधी काम गर्ने गर्छछन् । उनीमात्र होइन कि परराष्ट्रका कर्मचारीहरु नै आफूहरुलाई नेपालको कर्मचारी होइन कि मानौँ मंगल ग्रहबाटै आएको जस्तो ठान्दछन् ।

 

लक्की शेर्पा जोगाउन दौडधुप

यता हिजोदेखि सामाजिक सञ्जालमा धेरैले परराष्ट्र मन्त्रालयका जिम्मेवार अधिकारीले विज्ञप्तिमा ‘अक्षम्य’ गल्ती गरेको भन्दै चर्को आलोचना गरेका बेला उनीभने अष्ट्रेलियाली राजदूत लक्की शेर्पा जोगाउन लागेका छन् । मानव तस्करीमा लागेको प्रमाणित भएर मन्त्रालयले कारबाही गर्नुपर्छ भनेको तथा सर्वत्र उनका कर्तुतहरु सार्वजनिक भइसक्दा पनि सचव वैरागी भने उनलाई जोगाउन लागि परेका छन् । उनले लक्की शेर्पालाई आफू परराष्ट्रमन्त्रीसँग अमेरिका जानु परेकोले त्यसपछि आएर निर्णय गर्ने भनी मन्त्रालयको सो काम थाती राखेका थिए । मन्त्रालयले शेर्पालाई निकाल्नुपर्ने भनेका छन् भने मन्त्री प्रदीप ज्ञवालीले पनि बाहिर धेरै नै विरोध आएकोले उनलाई बर्खास्त गरौँ भनेको तर पनि सचिव बैरागीले भने नमानेको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ । यसअघि पनि उनले ओमनकी राजदूत शर्मिला ढकाललाई सरकारले फिर्ता बोलाउन खोज्दा रोकेका थिए । अघिल्लो लटमा राजदूतहरु फिर्ता बोलाउने निर्णय सरकारले गरेको र केही देशको फिर्ता पनि बोलाएको थिए । त्यस समयमा उनले यसरी महिला राजदूतलाई फिर्ता बोलाउदा विदेशमा नेपाली कूटनीतिक क्षेत्रको नराम्रो सन्देश जाने भन्दै रोकेका र त्यस कार्य रोक्नका लागि राम्रै नजरानाको व्यवस्था गरी सम्बन्धित निकायमा पुर्याएका थिए । यसरी यी सचिवले महिला राजदूतलाई मात्र किन बचाउ गर्दै हिँड्छन् भन्ने बारेमा भने परराष्ट्र मन्त्रालयमा बेग्लै खालको व्याख्या र विश्लेषण चल्ने गरेको पाइन्छ, जुन कुनै कर्मचारीको बारेमा गरिने र सुनिने चर्चाहरुभन्दा बेग्लै र उदेकलाग्दो छ ।