४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

देशकै बदनाम गरे नालायक सचिवले – लक्की शेर्पा जोगाउन पनि बेग्लै चलखेल

देशकै बदनाम गरे नालायक सचिवले – लक्की शेर्पा जोगाउन पनि बेग्लै चलखेल
अ+ अ-

काठमाडौं– अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम गर्नेमा परराष्ट्र सचिव शंकरदाश बैरागीको ठूलै हात रहेको छ । तर पनि यी परराष्ट्र सचिवको तुलनामा परराष्ट्रमा लामो समयदेखि बसिरहेका छन् । यसको पत्तो सरकारलाई छ तर पनि उनको चाकडीका अगाडि कसैको केही लाग्दैन, उनी टिकीहाल्छन् । अहिले पनि उनकै कारण देशको शिर उँचो भएको होइन कि बदनाम हुन पुगेको छ । परराष्ट्र मन्त्रालयका राष्ट्रसेवकका कारण देशलाई संसारमा चिनाउन र सफल बनाउन महत्वपूर्ण भूमिका हुन्छ भन्ने यथार्थ बैरागीका कारण तुहिएको छ । उनका कारण यतिखेर नपालको एसियाली क्षेत्रमै बदनाम भएको छ ।

कुटनीतिक क्षेत्र भनेको देशलाई विश्वमा चिनाउने एक महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रको सामान्य भाषाले पनि देशका गरिमा र महत्व बढ्न पुग्दछ । त्यसैले यस क्षेत्रका राष्ट्रसेवकले हरेक शब्द–शब्दमा खेल्नुपर्ने हुन्छ र अरु देशहरुसँगको सम्बन्धलाई घनिष्ट बनाइराख्नु पर्ने हुन्छ ।
तर, अहिले भने परराष्ट्र मन्त्रालय जस्तो संवेदशनशील निकायका गैरजिम्मेवार कर्मचारीका कारण देशकै बदनाम हुन पुगेको छ । यसमा परराष्ट्र सचिव वैरागीको गैरजिम्मेवार रबैया स्पष्टसँग झल्किएको छ । उनको हेलचक्रार्इँका कारण देशकै बदनाम हुन पुगेको हो । इन्डोनेशियामा हालै भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट भएको मानवीय क्षतिलाई सम्बोधन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको एक शोक वक्तव्यलाई अंग्रेजी भाषामा अनुवाद गर्ने क्रममा परराष्ट्रले त्यसलाई वधाई सन्देश बनाइदियो । अंग्रेजी भाषामा निकालिएको विज्ञप्तिमा ‘इन्डोनेसियामा हालै गएको ज्वालामुखी विस्फोटपछि ज्यान गुमाएकाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई सन्देश पठाएको’ भन्ने व्यहोरा छ । जबकि त्यो शोक वक्तव्य थियो । राष्ट्रपतिले इन्डोनेसियाका राष्ट्रपतिमार्फत त्यहाँका नागरिकलाई शोक सन्देश पठाएकि थिइन् । त्यसको अनुवाद गर्ने क्रममा यती गम्भीर त्रुटी गरिएको छ । जसमा परराष्ट्र सचिव रहेका शंकरदास बैरागीको गैरजिम्मेवार र लापबारहीको पराकाष्ठा स्पष्टै झल्किन्छ । यसरी देशको राष्ट्रपतिले पठाउने सन्देशमा पनि उनले आफूले हेर्न नभ्याएको भनेर अरु कर्मचारीलाई काममा लगाएका थिए । जसका कारण यस्तो गम्भीर त्रुटी हुन पुगेको छ । यसले संसारमा नै देशको बेइज्जत भएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना पनि भएको छ । तर यस विषयमा परराष्ट्र अहिलेसम्म पनि बोलेको छैन । त्यो अर्काे लापरवाही हो ।

 

बिमस्टेक सम्मेलनमा पनि यीनले देशको बदनाम गरेका थिए

केही महिनाअघि काठमाडौँमा सम्पन्न भएको विमस्टेक सम्मेलनमा पनि यीनका कारण नेपालको बेइज्जत भएको थियो । सहभागी प्रधानमन्त्री तथा राष्ट्रतिहरुलाई रिट्रिट गराउने स्थलका रुपमा उनले आफैले गोकर्ण रिसोर्ट छानेर कार्यक्रम सूची सार्वजनिक गरेका थिए । त्यस समयमा उनले गोकर्ण रिसोर्ट छान्दा सरकारका अरु कुनै पनि निकायसँग कुनै सल्लाह र परामर्श नै नगरी छानेका मात्र होइन कि सरकारलाई कार्यक्रमको सूची बुझाएका थिए । तर त्यो क्षेत्र बाटोका कारण निकै गाह्रो थियो । प्रधानमन्त्रीले त्यस क्षेत्रको बाटो जसरी पनि सक्नु भनेपछि राज्य संयन्त्रै लागेर बाटो बनाउन खोज्दा पनि समयका कारण सकिएन । यसका कारण आखिर सो क्षेत्रमा बाटो नै बनेन र सरकार अन्तम समयमा आएर सो कार्यक्रम नै रद्द गरेर सोल्टी होटलमै गर्नुपर्यो । यसरी सहभागीहरुलाई पहिल्यै बुझाइएको कार्यक्रम सूचीको स्थानमा कार्यक्रम गर्नका लागि बाटोको कारण नसएिको भनी सहभागीलाई जवाफ दिनुपरेको थियो । यसरी देशकै बदनाम भएको थियो । उनले यस्ता विदेशी कार्यक्रमहरुमा नेपालका अरु अधिकारी या मन्त्रालयलाई नसोधी काम गर्ने गर्छछन् । उनीमात्र होइन कि परराष्ट्रका कर्मचारीहरु नै आफूहरुलाई नेपालको कर्मचारी होइन कि मानौँ मंगल ग्रहबाटै आएको जस्तो ठान्दछन् ।

 

लक्की शेर्पा जोगाउन दौडधुप

यता हिजोदेखि सामाजिक सञ्जालमा धेरैले परराष्ट्र मन्त्रालयका जिम्मेवार अधिकारीले विज्ञप्तिमा ‘अक्षम्य’ गल्ती गरेको भन्दै चर्को आलोचना गरेका बेला उनीभने अष्ट्रेलियाली राजदूत लक्की शेर्पा जोगाउन लागेका छन् । मानव तस्करीमा लागेको प्रमाणित भएर मन्त्रालयले कारबाही गर्नुपर्छ भनेको तथा सर्वत्र उनका कर्तुतहरु सार्वजनिक भइसक्दा पनि सचव वैरागी भने उनलाई जोगाउन लागि परेका छन् । उनले लक्की शेर्पालाई आफू परराष्ट्रमन्त्रीसँग अमेरिका जानु परेकोले त्यसपछि आएर निर्णय गर्ने भनी मन्त्रालयको सो काम थाती राखेका थिए । मन्त्रालयले शेर्पालाई निकाल्नुपर्ने भनेका छन् भने मन्त्री प्रदीप ज्ञवालीले पनि बाहिर धेरै नै विरोध आएकोले उनलाई बर्खास्त गरौँ भनेको तर पनि सचिव बैरागीले भने नमानेको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ । यसअघि पनि उनले ओमनकी राजदूत शर्मिला ढकाललाई सरकारले फिर्ता बोलाउन खोज्दा रोकेका थिए । अघिल्लो लटमा राजदूतहरु फिर्ता बोलाउने निर्णय सरकारले गरेको र केही देशको फिर्ता पनि बोलाएको थिए । त्यस समयमा उनले यसरी महिला राजदूतलाई फिर्ता बोलाउदा विदेशमा नेपाली कूटनीतिक क्षेत्रको नराम्रो सन्देश जाने भन्दै रोकेका र त्यस कार्य रोक्नका लागि राम्रै नजरानाको व्यवस्था गरी सम्बन्धित निकायमा पुर्याएका थिए । यसरी यी सचिवले महिला राजदूतलाई मात्र किन बचाउ गर्दै हिँड्छन् भन्ने बारेमा भने परराष्ट्र मन्त्रालयमा बेग्लै खालको व्याख्या र विश्लेषण चल्ने गरेको पाइन्छ, जुन कुनै कर्मचारीको बारेमा गरिने र सुनिने चर्चाहरुभन्दा बेग्लै र उदेकलाग्दो छ ।