२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित



अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो । आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको गुनासो छ । उहाँले माउ र दुई वटा बच्चासहितको भालुले स्थानीयवासी हमेजदिन मियाँ, उजेली मियाँ, जमिर मियाँ, हाकिमदिन मियाँ, सौकत अली मियाँले लगाएको कोदो खाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पन्ध्र दिनदेखि माउसहितको भालुले यस ठाउँका कृषकलाई दुःख दिइरहेको छ ।”

भालु रातभर गाउँमा डुल्ने र घरको आँगनमा राखिएको फर्सी, भँैसी–बाख्रालाई खुवाउनका लागि राखिएको कुँडोसहितको पानीसमेत खाइदिने गरेको स्थानीयवासी जमिर मियाँले जानकारी दिनुभयो । “अलि पहिला त खेतबारीको अन्न मात्रै खाने गरेको थियो, अहिले त घरमै आएर समेत खानेकुराहरू खाइदिने गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार भालुको आतङ्क बढेपछि सर्वसाधारण रात पर्ने बित्तिकै घरमै बस्ने गरेका छन् । उहाँले रातिको समयदेखि बिहान उज्यालो हुने बेलासम्म भालु गाउँघरमै डुल्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका–२, ३ र ४ मा चितुवाले दुःख दिइरहेको छ भने यस ठाउँमा भालुको आतङ्क बढेको छ ।”

यहाँका बाटोका केही ठाउँमा भालुबाट बच्नका लागि सडक बत्तीसमेत जडान गरिएको छ । उज्यालो भएको ठाउँमा भालु नआउने र अँध्यारो भएको ठाउँमा मात्रै भालु हिँड्डुल गर्ने गरेकाले घरछेउमा रहेका झाडी फँडानी गर्न लागिएको रफिक मियाँले जानकारी दिनुभयो । रासस