१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दिपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए



अ+ अ-

काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट बिग ब्यास लिगमा नेपाली बलर सन्दिप लामिछाने २ विकेट लिएका छन् । टस जितेर बलिङ रोजेको मेलवर्नले सिड्नी सिक्सर्सलाई ब्याटिङको निम्तो दिएको थियो ।

सिड्नी सिक्सर्स बिरुद्दको आफ्नो तेस्रो खेलमा पनि सन्दिपले सुरुमै प्रभावशाली खेल देखाए हुन् । पहिलो ओभर सम्हालेर खेलेका सन्दिपले ४ रन खर्चेका थिए । उनले कुल १८ रन खर्चेर २ विकेट लिएका हुन् ।

डेब्यू खेलमा दुई विकेट लिएर आफ्नो प्रभाव छाडेका उनले दोस्रो खेलमा तीन विकेट लिए ।

लिगको तीन चरणको खेल चलिरहँदा सन्दीप कुल ७ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । सिड्नी थन्डरका ड्यानियल साम्सले ६ र एडिलेड स्ट्राइकर्सका रासिद खानले ५ विकेट लिएका छन् ।