१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेकेदारले काम नगर्दा काठमाडौंमा धुलो घटेन : विद्यासुन्दर



अ+ अ-

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठेकेदारहरुका कारण सहर परिर्वन हुन नसकेको आरोप लगाएका छन् । उनले ठेकेदारहरुले गर्दा आफ्नो पहिलो लक्ष्य धुलोमैलो व्यबस्थापन गर्ने कुरामा भाजो हालेको बताएका हुन ।

पछिल्लो समय दिनहुँ महानगर भित्र सफाइको काम नियमित रुपमा भएपनि बिभिन्न ठाउमा चलिरहेका विकास निर्माणका कामले धुलो उडेर सडकमा आउने गरेको दावी गरेका हुन् ।

काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिका र आफुले निकै मिहिनेत गरिरहेपनि जनताले नबुझेको उनको भनाइ छ ।

बिहीबार धराहरा पुनर्निर्माण शिलान्यास समारोहमा प्रमुख शाक्यले भने, ‘सडक विभाग र हामी सहकार्य गरेर अगाडि बढिरहेका छौं तर, ठूला ठूला निर्माणस्थलबाट आउने धुलो हामीलाई धेरै दुःख दिइरहेको छ ।’

जेट मेसिन र पुरानै ब्रुमर प्रयोग गरेर भए पनि सडकका धुलो सोहोर्ने, पानी छर्किने, रुखमा टाँसिएका धुलो तान्ने प्रयास अर्थहीन भइरहेको उनको भनाइ छ ।




भर्खरै