४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कति पटक डाउनलोड भयो गुगल डुओ एप ?

कति पटक डाउनलोड भयो गुगल डुओ एप ?
अ+ अ-

गुगलको मेसेजिङ एपका लागि यो वर्ष न् २०१८ खासै सुखद रहेन । किनकी गुगलले यहीँ वर्ष आफ्नो मेसेजिङ एप ब्ििय बन्द गर्ने घोषणा गर्यो ।

तर वर्षको अन्त्यतिर भने गुगलका लागि केही सुखद खबर प्राप्त भएको छ । किनकी गुगलको एउटा भिडियो कलिङ तथा मेसेजिङ एपका प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ ।

गुगलको भिडियो कलिङ तथा मेसेजिङ एप म्गय लाई गुगल प्ले स्टोरमार्फत १ अर्ब भन्दा बढि पटक डाउनलोड गरिएको छ ।

एन्ड्रोइड पोलिसको रिपोर्ट अनुसार डिसेम्बर महिनाको सुरुमै डुओ एपले १ अर्ब डाउनलोडको कोशेढुंगा पार गरेको छ ।

गुगल डुओको निर्माण तथा इन्जिनियरिङ्ग प्रमुख जस्टिन उबर्टीले पनि यो तथ्यलाई ट्विट मार्फत पुष्टि गरेका छन् ।

उबर्टीले ट्विटमा भनेका छन्, ‘सन् २०१८ मा गुगल डुओका लागि एउटा अर्को कोशेढुंगा । तपाइँका फोन, ट्याब्लेट तथा क्रोमबुकमा डुओमार्फत गुणस्तरीय भिडियो कलिङको अनुभव लिनुहोस् । हामीसँग सन् २०१९ का लागि अझै धेरै गर्न बाँकी छ ।’

गत जुलाई महिनामा डुओ एपको डाउनलोड संख्या ५० करोड पुगेको थियो । पछिल्लो ६ महिनामा त्यो संख्या दोब्बरले बढेको हो ।

स्काइपी तथा एप्पलको फेसब टाइमको प्रतिस्पर्धीको रुपमा गुगलले सन् २०१६ मा डुओ एप लञ्च गरेको थियो । सुरुवाती अवस्थामा यो एपले खासै प्रभाव पार्न नसकेपनि पछिल्लो समयमा यसको लोकप्रियता बढिरहेको छ ।

डुओ एपको लोकप्रियता बढ्दै जानुमा यो एप विभिन्न प्लाटर्फममा उपलब्ध हुनु हो । गुगलले डुओ एप्लाई आइप्याड, एन्ड्रोइड ट्याब्लेट, क्रोमबुक तथा स्मार्ट डिस्प्लेहरुमा उपलब्ध गराएको छ । जसका कारण प्रयोगकर्ताले आफुलाई मनपर्ने ग्याजेटबाट यो एप प्रयोग गर्न सक्दछन् । एजेन्सी