४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मन्त्रिपरिषदको बैठक, राजदूत नियुक्ति र ३०० वटा विद्युतीय बस खरिद गर्ने निर्णय

मन्त्रिपरिषदको बैठक, राजदूत नियुक्ति र ३०० वटा विद्युतीय बस खरिद गर्ने निर्णय
अ+ अ-

काठमाडौं – मन्त्रिपरिषदको यही पुस ६ र ९ गते बसेको बैठकले विभिन्न चार देश र एउटा नियाेगका लागि राजदूत नियुक्तिका लागि सिफारिस समेतका १३ बुँदे निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवं संचार मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारका निर्णयहरु बिहीबार सार्वजनिक गर्नुभएको थियो । उक्त निर्णयमा थाइल्यान्ड, राष्ट्रसंघीय स्थायी नियोग जेनेभा, क्यानाडा, फ्रान्स र कुवेतका लागि राजदूतहरु नियुक्तिका लागि सिफारिस गरिएको छ ।

सिफारिस भएका राजदूतहरूमा थाइल्यान्डका लागि गणेशप्रसाद ढकाल, स्थायी नियाेग जेनेभाका लागि मणिप्रसाद भट्टराइ, क्यानाडाका लागि भृगु ढुंगाना, फ्रान्सका लागि दीपक अधिकारी र कुवेतका लागि दुर्गाप्रसाद भण्डारी हुनुहुन्छ ।

यसैगरी सुरक्षित आवास कार्यक्रम, समपुरक अनुदान सम्बन्धी कार्यविधि, जोखिमयुक्त बस्ती स्थानान्तरण कार्यक्रम कार्यविधि समेत मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

नेपाल र अमेरिकाबीच पर्यटक भिसा पारस्परिकतालाई पनि स्वीकृत गरिएको छ । झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति गर्ने निर्णय समेत भएको मन्त्री बास्कोटाले बताउनुभयो ।

बैठकले नेपाल सरकारकाे लगानीमा ३०० वटा विद्युतीय बस खरिद गर्नका लागि नीतिगत निर्णय समेत गरेकाे छ ।

मन्त्रिपरिषदका निर्णयहरु यसैसाथ संलग्न छः

[googlepdf url=”http://newspolar.com/wp-content/uploads/2018/12/Cabinet-Poush-12-2075-1.pdf” download=”Download” ]