१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा १८ घन्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस



अ+ अ-

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।
अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भन्नुभयो, “बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।”

हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताउनुभयो । हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ ।अहिले भने हिमपात रोकिएको छ । झन्डै १८ निरन्तर हिमपात भएको थियो । जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ ।




भर्खरै