१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले गरे यस्तो खास कुरा, नेकपामा खैलाबैला



अ+ अ-

 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली नेकपा स्थायी समिति बैठकमा जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका छन् । ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन । अचानक स्थगित गरी बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले पेस गरेको प्रतिवेदन पास गरेर बिहीबार नै बैठक सक्ने तयारी थियो । तर, ओलीको दुई घन्टा लामो जवाफ सकिएलगत्तै वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए ।

स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका अध्यक्ष ओलीले दुई घन्टा भाषण गरे । सदस्यहरूले इंगित गरेका एउटै कमजोरी पनि ओलीले स्विकारेनन् । बरु उनले आफ्नो र सरकारको जनताले वाहवाही गरिरहेको, पार्टीभित्र भने विरोध भएकोमा असन्तुष्टि जनाए ।

‘अहिले पार्टीमा आलोचना भएको छ, तर जनतामा वाहवाही नै छ । ०५१ मा गृहमन्त्री हुँदा पनि मेरो कामको जनताले प्रशंसा गरेका थिए, पहिलोपटक प्रधानमन्त्री हुँदा पनि वाहवाही पाएकै थिएँ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता मणि थापाले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।




भर्खरै