४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विद्यालयलाई जापानी सहयोग

विद्यालयलाई जापानी सहयोग
अ+ अ-

काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ ।

विद्यालयको भवन निर्माणका लागि रकम उपलब्ध गराउने सम्बन्धमा नेपालस्थित जापानी दूतावासमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले हस्ताक्षर गर्नुभयो ।

जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत सो सहयोग गरिएको दूतावासले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालको शिक्षा, सडकलगायत विकास निर्माणका क्षेत्रमा जापान सरकारको सहयोगको प्रशंसा गर्दै यस्ता कामले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत साइगोले भवन निर्माणपछि गुणस्तरीय शिक्षामा मद्दत पुग्ने उल्लेख गर्नुभयो । चारसय पच्चिस विद्यार्थी अध्ययनरत सो विद्यालयमा एउटै कक्षामा १२० सम्म विद्यार्थी बसेर कष्टका साथ अध्ययन गर्दै आएकाले भवन निर्माणका लागि पहल गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । रासस