१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली चढेको बस ग्यारेजमा थन्कियो, अब ३०० वटा बस काहाँ थन्काउने ?



अ+ अ-

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको लागि नयाँ बस किन्ने भएको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले उपत्यकाको लागि थप ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको हो ।

बैठकमा सरकारले आफ्नै लगानीमा विद्युतीय बस किन्ने निर्णय गरेको हो । संचार मन्त्रि गोकुल बास्कोटाका अनुसार नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।

अत्याधिक जाम हुने काठमाडौंमा बिधुतिय बस आएपछि ट्राफिक जाम र प्रदुषणको समस्या समाधान हुने मन्त्रि बास्कोटाको भनाई छ । यस्तै भित्रने बसले सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने बास्कोटाको बिस्वास रहेको छ ।

हासालै एशियाली विकास बैंक (एडीबी) को सहयोगमा दुईवटा विद्युतीय बस खरिद गरेपनि चार्जिङ स्टेशनको अभावमा ती बसहरु ग्यारेजमा थन्किएका छन् । लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका ती बस काठमाडौंमा साझा यातायातले सञ्चालन गरेको थियो । जसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले चढेर गरेका थिए ।




भर्खरै