१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि



अ+ अ-

बेइजिङ, चीन । विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कुल आम्दानीमा २१ प्रतिशतले वृद्धि भएको सो कम्पनीका अध्यक्षले बिहीबार बताएका छन् ।

हुवावेलाई अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्डलगायतका मुलुकहरूमा सुरक्षा चासो देखाउँदै सरकारी कार्यालय र सार्वजनिक ओहोदाका व्यक्तिलाई उक्त कम्पनीद्वारा निर्मित सामग्री प्रयोग नगर्न भनिएको थियो । बेलायतले पनि उक्त कम्पनीद्वारा निर्मित इलेक्ट्रोनिक सामग्री प्रयोग नगर्न आफ्नो सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

हुवावेका अध्यक्ष कुओ पिङले नयाँ बर्षको सन्देशका रूपमा खुशी बाँडदै आफ्नो कम्पनीले सन् २०१८ मा एक खर्ब आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरको कारोबार गरेको बताउँनुभयो । यो गत बर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

कुओले थप्नुभयो, “कम्पनीले यस बर्ष ‘फाइभ जी’ प्रविधिका लागि विभिन्न देशसँग २६ व्यवसायिक सम्झौता गरेको छ ।” आफ्नो कम्पनीमाथि एकाएक अविश्वसनीय पक्षपातपूर्ण व्यवहार भएपनि कम्पनीले आम्दानीलाई बढाउन सफल बनेको उहाँले बताउनुभयो ।

हुवावेले यस पहिल कसैप्रति कुनै सुरक्षा चुनौति खडा नगरेकोे र भविष्यमा पनि नगर्ने उहाँको दावी थियो । “सुनलाई परीक्षण गर्ने उत्तम विकल्प आगो हो ।” हुवावे पनि आफ्नो कठीन परीक्षणको अवस्थामा रहेको र अन्त्यमा सत्यको विजय हुने उहाँको भनाई थियो ।




भर्खरै