४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी
अ+ अ-

राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताउनुभयो ।

जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा ‘सी ब्लक’मा १८ महिला कैदीबन्दी राखिएको छ । दुई सय ९७ पुरुष र १८ महिला गरी कूल ३१५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने बाध्यता रहेको छ ।

यति सङ्ख्यामा कारागारमा कैदीबन्दी राखेका कारण पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको उहीहरुको गुनासो रहेको छ । विसं २००८ मा निर्माण गरिएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण कैदीबन्दीलाई समस्या हुने गरेको कारागारले जनाएको छ ।

माटो र ढुङ्गाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कने खतरासमेत रहेको जेलर यादवले बताउनुभयो । राजविराज कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नुपरेको कारण गर्मी महीनाको समयमा धेरै समस्या हुने गरेको कारागारका कैदीबन्दी बताउँछन् ।

कारागारको नाममा रहेको पाँच बिघाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करीब तीन कठ्ठा जग्गा अतिक्रमणमा परेको उहाँको भनाइ छ ।

चोरीको आरोपमा दुई पक्राउ

सप्तरी प्रहरीले चोरी गरेको आरोपमा नगदसहित दई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ । शम्भनाथ नगरपालिका–४ निवासी विनोदकुमार दासको घरमा चोरी गरेको अभियोगमा सोही स्थानका २५ वर्षीय जितेन सदा र २४ वर्षीय शिवकमार साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

चोरी गरी लुकाइछिपाइ राखेको रु ४० हजार नगद, एक थान चाँदीको सिक्री, एक थान सोनी कम्पनीको एलएडी टिभी, एक थान लुगा सिउने मेसिन र एउटा आइरन बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस