१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा अत्याधिक चिसो महशुस, के भन्छ त मौसम बिभाग ?



अ+ अ-

काठमाडौं । उपत्यकासहित देशभर अत्याधिक चिसो बढिरहेको छ । उपत्यकामा हिजोभन्दा आज बिहान तापक्रम चार डिग्री सेल्सियस घटेको छ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री मापन भएकोमा शुक्रबार घटेर १.४ डिग्रीमा झरेको हो। बिहीबार उपत्यकाको अधिकतम तापक्रम पनि १७ डिग्रीमात्र पुगेको थियो।

बुधबार उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री थियो।