१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनदिने माघी मेला हुने



अ+ अ-

कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने माघी मेलाको आयोजना हुने भएको छ ।

थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा ‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमर अभियान’ भन्ने मूल नाराका साथ प्रथम बेलौरी माघी मेला २०७५ आयोजना हुने भएको हो ।

मेलाको पहिलो दिन रक्तदान कार्यक्रम र थारु जातिको परिकार रहनसहनका साथै वेषभूषासम्बन्धी १५ वटा सांस्कृतिक कक्ष राखिने प्रचारप्रसार समितिका संयोजक कृष्ण गुम्बा चौधरीले जानकारी दिनुभयो ।

थारु जातिको परम्परागत कला संस्कृत झल्किने झाँकी, मघौटा नाच, मुङ्हरवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैर थारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक चौधरीले बताउनुभयो ।

उहाँका अनुसार मेला सम्पन्न गर्नका लागि रु पाँच लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । रासस